काठमाडौं । बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ ।
कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो ।
अब प्रतियोगिता सन् २०२१ मा हुनेछ ।
यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तय थियो ।
बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।
उक्त संस्करणमा भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलसम्म पुगेको थियो ।
यस्तै महिला र पुरुषको साफ यू-१५ च्याम्पियनसिप र साफ यू-१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।