एजेन्सी । इंगलिस प्रिमियर लिग, इंगलिस फुटबल लिग र प्रोफेसनल फुटबलर्स एसोसिएसनले एसियन, काला र अल्पसंख्यक जातिका प्रशिक्षकको संख्या वृद्धि गर्ने घोषणा गरेको छ।
पिमियर लिग, इएफएल र पीएफएले सोमबार एसियन, काला र अल्पसंख्यक जातिका प्रशिक्षकको संख्या वृद्धि गर्ने नयाँ योजनाको घोषणा गरेको हो ।
यस योजना आगामी सिजनबाट लागु हुने बताईएको छ । योजना अन्तर्गत ६ प्रशिक्षकलाई २३ महिना इएफएल क्लबमा काम गर्ने मौका दिईने छ ।
यस योजनाका लागि जो कोहिले पनि आवेदन दिन पाईने बताईएको छ । तर, प्रशिक्षकहरु कम्तिमा यूईएफका बी लाइसेन्स प्राप्त हुनु पर्नेछ ।
यसले एसियन, काला र अल्पसंख्यक जातिका खेलाडीलाई प्रशिक्षकमा जान मद्दत पुग्ने समेत बताईएको छ ।
प्रिमियर लिगमा अहिले एक जना मात्र यस समुदायका प्रशिक्षक रहेका छन् । उल्भ्सका प्रशिक्षक नुनो सान्टो एसियन, काला र अल्पसंख्यक जातिबाट प्रतिनिधित्व गर्ने प्रिमियर लिगका एक्लो प्रशिक्षक हुन् ।