एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका अध्यक्ष हर्बेर्ट हेनरले जर्मन विंगर लोरी साने उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
हेनरले साने उत्कृष्ट खेलाडी भएकै कारण हरेक टिमले उनलाई अनुबन्ध गर्न चाहने गरेको समेत बताएका छन्।
'लोरी साने राम्रा खेलाडी हुन् । जसको कारण प्रत्येक टिम उनलाई चाहन्छ,' अध्यक्ष हेनरले भने,'यो वर्ष हामीसँग परिचित छन् । त्यसैले हामीले चासो लिएका हौँ । उनी अझै सिटीसँगको सम्झौतामा छन् ।'
इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर साने बायर्न आउने चर्चा चलिरहेको बेला अध्यक्ष हेनरको भनाईलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
'साने पक्कै पनि चाखलाग्दो व्यक्तित्व हुन् । सबैभन्दा पहिलो कुरा उनको प्रदर्शनको कारण हो,' हेनरले थपे ।
साने अनुबन्धका लागि यस सिजन बायर्नले निकै चासो देखएको छ । जर्मन अनलाईन स्पोर्ट्सविल्डले बायर्न साने अनुबन्धको नजिक पुगेको समेत बताएको छ ।
प्रिमियर लिगका विंगरलाई बायर्नले यसै सिजनको समरमा घोषणा गर्ने स्पोर्ट्सविल्डले जनाएको छ । स्पोर्ट्सविल्डले साने बायर्न आउनका लागि निकै इच्छुक रहेको समेत जनाएको छ ।
२४ वर्षका साने सन् २०१६ मा साल्केबाट सिटी आएका थिए । सिटीका लागि सानेले ८९ खेलमा २५ गोल गरिसकेका छन् ।