एजेन्सी । नाइजेरियन फरवार्ड ओडियन इघालो सन् २०२१ को जनवरीसम्म म्यानचेस्टर युनाइटेडमा रहने भएका छन् ।
चिनियाँ सुपर लिग क्लब सांघाई लोन सम्झौता नवीकरण गर्न समहत भएसँगै इघालो आगामी जनवरीको अन्त्यसम्म युनाइटेडमा रहने भएका हुन् ।
सांघाईबाट लोनमा युनाइटेड आएका इघालोको सम्झौता मे ३० सम्म रहेको थियो ।
३० वर्ष फरवार्ड इघालो गत जनवरीमा सिजनको अन्त्यसम्मको लागि युनाइटेड आएका थिए ।
युनाइटेड आएपछि इघालोले ८ खेल खेल्दा ४ गोल गरेका छन् ।
युनाइटेडसँगको नयाँ सम्झौतासँगै इघालोले यस सिजनको चिनियाँ सुपर लिग गुमाउने छन् ।