एजेन्सी । इंग्लिस क्लब चेल्सीले मिडफिल्डर एन्गोलो कान्टेलाई घरमै प्रशिक्षण गर्न अनुमति दिएको छ ।
कोरोना भाईरसको महामारीबाट डराएका कान्टेलाई चेल्सीले छुट्टै प्रशिक्षणका लागि अनुमति दिएको हो ।
फ्रेन्च मिडफिल्डर कान्टे मंगलबार टिमको प्रशिक्षणमा सामेल भएका थिए ।
तर, कोरोनाको संक्रमणको डरले कान्टेले घरमै ट्रेनिङ गर्ने इच्छा देखाएका थिए ।
किनकी कान्टे सन् २०१८ मा ट्रेनिङको दौरान अचेत भएका थिए । यस्तै त्यहिँ वर्ष हृदयघातकाक कारण उनका दाइको निधन भएको थियो ।
पछिल्लो तथ्यांकअनुसार इंग्ल्यान्डमा कोरोनाको कारण काला वर्णका मानिसहरुको धेरै मृत्यु भईरहेको छ ।
चेल्सीले अनुमति दिएसँगै विश्वकप विजेता कोन्टेले अब घरमै प्रशिक्षण गर्ने छन् ।
कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ । चेल्सी यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।