एजेन्सी । बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
स्पेनिस पत्रिका डियारो स्पोर्ट्सले स्टेगेनले क्लबसँग लामो समयसम्म क्लबमा रहने गरि नयाँ सम्झौताको तयारी गरेको जनाएको छ ।
जर्मन गोलकिपर स्टेगेनको बार्सिलोनासँगको सम्झौता २०२२ सम्म रहेको छ ।
पछिल्लो समय स्टेगेनले क्लब छाड्ने चर्चा चलिरहेको छ । तर, डियारो स्पोर्ट्सले भने स्टेगेन लामो समय क्लबमा रहने गरि नयाँ सम्झौता हुने बताएको छ ।
स्टेगेन जर्मन क्लब वायर्न म्युनिख जाने चर्चा समेत चालेको छ । म्यानुएल नुयरको स्थानमा वायर्नले स्टेगेनलाई अनुबन्ध गर्ने चर्चा चलेको थियो । तर, वायर्नले नुयरसँग नयाँ सम्झौता गरिसकेको छ ।
२८ वर्षे स्टेगेन बोरुसिया मोन्चेनग्लाडवाचबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १ सय ४१ खेल खेलिसकेका छन् ।