• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो अनि विश्वकप !
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ९, २०७७ खेलपाटी संवाददाता
रोनाल्डो अनि विश्वकप !

विराज न्यौपाने ।

एजेन्सी । 'रोनाल्डो' विश्व फुटबल जगतले कहिल्लै बिर्सन नसक्ने नाम हो । चाहे त्यो ब्राजिलियन स्ट्राइकर रोनाल्डो होस् या पोर्चुगिज क्रिस्टियानो रोनाल्डो ।

यी दुवै खेलाडीले आफ्नो समयमा जादुमय प्रदर्शन गरे । आफ्नो टिमलाई जित दिलाउन माहिर खेलाडीको रुपमा विश्वमा चिनिए ।

परिवर्तनशील समयमा एक रोनाल्डोको सन्याससँगै विश्व फुटबलमा अर्को रोनाल्डोलाई जन्म दिए । अर्थात् ब्राजिलियन रोनाल्डोको सन्याससँगै विश्व फुटबलले पोर्चुगिज रोनाल्डो पाए ।

पोर्चुगिज रोनाल्डोले मैदानमा जादुमय प्रदर्शन गरिरहदा ब्राजिलियन रोनाल्डोले बुट थन्काएको करिब १० वर्ष पुगिसकेको छ ।

४३ वर्षीय ब्राजिलियन लिजेण्ड रोनाल्डोले आफ्नो खेल जीवनमा ४ विश्वकप खेलेका छन् । तर, ३ विश्वकपमा मात्र मैदान उत्रन पाए । जसमा २ पटक च्याम्पियन, एक पटक सर्वोकृष्ट खेलाडी र एक पटक सर्वाधिक गोलकर्ता चुनिएका थिए ।

रोनाल्डोले सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकप खेलेका थिए । जर्मन विश्वकपपछि ब्राजिलको टिमबाट खेलेपनि सन् २०१० को विश्वकपमा भने टिममा स्थान बनाउन सकेनन् । र, त्यसको एक वर्षपछि रोनाल्डो सम्पूर्ण खेल जीवनबाट सन्यास घोषणा गरेका थिए ।

सन् १९९४, अमेरिका -

सन् १९९४ को जुलाईमा आयोजना भएको १५ औं संस्करणको फिफा विश्वकप अमेरिकाले आयोजना गरेको थियो । कुल २४ राष्ट्रको सहभागिता भएको यस विश्वकपमा ब्राजिल समूह 'बी' मा रहेको थियो ।

ब्राजिलको विश्वकप टिममा पहिलो पटक परेका थिए, युवा स्ट्राइकर रोनाल्डो । जतिबेला उनी मात्र १८ वर्षका थिए ।

समूह चरणबाटै अपराजित रहेको ब्राजिलले फाइनलमा इटालीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौंथो पटक विश्वकपको उपाधि जितेको थियो । तर, युवा स्ट्राइकर रोनाल्डोले त्यस विश्वकपमा मैदान उत्रन भने पाएनन् । उनी बेन्चमा सिमित बने । बेन्चमा सिमित भएपनि रोनाल्डो विश्वकप टोलीका एक सदस्य बनेका थिए । १८ वर्षकै उमेरमा विश्वकप उपाधि जित्न सफल भए ।

सन् १९९८, फ्रान्स -

फिफा विश्वकप फुटबलको १६ औं संस्करण फ्रान्समा आयोजना भएको थियो । सन् १९९८ को जुलाईमा आयोजना भएको त्यस विश्वकपमा ३२ राष्ट्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फ्रान्स विश्वकपमा साविक विजेता ब्राजिल समूह 'ए' मा रहेको थियो । ब्राजिलियन टिममा सबैको नजर रोनाल्डोमा थियो । रोनाल्डोले पहिलो पटक सुरुवाती-११ मा पर्दै विश्वकप खेल्दै थिए ।

पहिलो खेलमा स्कटल्याण्डलाई २-१ ले पराजित गर्दै रोनाल्डो रहेको टिम ब्राजिलले सुखद सुरुवात गरेको थियो । पहिलो खेलमा भने रोनाल्डोले गोल गर्न सकेनन् ।

तर, दोस्रो खेलबाट रोनाल्डोले आफ्नो लय समाते । मोरक्कोविरुद्धको दोस्रो खेलमा ३-० को जित निकाल्दा रोनाल्डोले नवौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एक पछि अर्को सुन्दर खेल पस्कदै रोनाल्डोले ब्राजिललाई विश्वकपको फाइनलमा पुर्याउन सफल भए ।

यस पटक पनि सबैले सोचेको थियो कि रोनाल्डो रहेको ब्राजिलले विश्वकप जित्छ । तर, सबैले सोचेजस्तो भएँन । फाइनलमा ब्राजिल आयोजक फ्रान्ससँग ३-० ले स्तब्ध हुँदा पुन: विश्व विजेता बन्न चुकेको थियो ।

फ्रान्स विश्वकपमा कुल ४ गोल गरेका रोनाल्डोले व्यक्तिगत रुपमा भने ठुलो सफलता हात पारे । उनी यस विश्वकपको सर्वोकृष्ट खेलाडी चुनिएका थिए ।

सन् २००२, जापान/कोरिया -

विश्वकप फुटबलको १७ औं संस्करण जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको थियो । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक एसियाली राष्ट्रले विश्वकप आयोजना गरेको थियो ।

यस विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । समूह 'सी' मा रहेको ब्राजिलले पहिलो खेलमा टर्कीसँग खेलेको थियो । त्यस खेलको ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दै विश्वकपमा गोलको खाता खोलेका थिए । जुन खेल ब्राजिलले २-१ ले जितेको थियो ।

समूह चरणमा चीनविरुद्ध ४-० तथा कोष्टारिकाविरुद्ध ५-२ गोलको जित निकालेको ब्राजिल समूह विजेता बन्दै दोस्रो चरणमा गएको थियो ।

प्रि-क्वाटरफाइनलमा रोनाल्डो र रिभाल्डोको एक एक गोलको मद्दतमा ब्राजिलले चिरपरिचित प्रतिद्वन्द्वी बेल्जियमलाई २-० ले हराएको थियो ।

क्वाटरफाइनलमा इंग्ल्यान्ड र सेमिफाइनलमा टर्कीलाई हराएर ब्राजिल फाइनल पुगेको थियो । फाइनल पुग्ने अर्को टिम थियो जर्मनी । जर्मनीमा माईकल बालक, ओलिभर कान,मिरोस्लाभ क्लोज जस्ता खेलाडीले भरिएको थियो ।

Ronaldo Brazil World Cup 2002 Story & Highlights - YouTube

ब्राजिलका लागि जर्मनीलाई हराउँनु ठुलो चुनौती थियो । त्यसमध्ये मुख्य चुनौती समूह चरणमा एक गोल मात्र व्यहोरेका गोलकिपर ओलिभर कानविरुद्ध गोल गर्नु । त्यसैले फाइनललाई 'उत्कृष्ट फरवार्डविरुद्ध उत्कृष्ट गोलकिपर' को खेलको संज्ञा दिईएको थियो । विश्व फुटबलप्रेमीको ध्यान फाइनलमा थियो ।

जुन, ३० योकोहोमा स्टेडियम । करिब ६९ हजार दर्शक । फाइनलमा ब्राजिल र जर्मनी । फाइनल खेलाउने जिम्मा पाएका थिए इटालियन रेफ्री पिरलूगु कोलिनले ।

निकै रोमान्चक बनेको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा नायक बने रोनाल्डो ।

खेलको ६७ औं मिनेटमा रिभाल्डोले डिबक्स बाहिरबाट गरेको कडा प्रहारलाई जर्मनीका गोलकिपर कानले क्लियर गर्न नसक्दा अनमार्क रहेका रोनाल्डोले पोस्टको जाली चुमाउदै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेको १२ मिनेट नबित्दै रोनाल्डोले ७९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जितसहित विश्व च्याम्पियन बनाए।

ब्राजिललाई उपाधि दिलाउन कुल ८ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ता चुनिएका थिए ।

Ronaldo: Brazil icon scored twice in the 2002 World Cup final to ...

सन् २००६, जर्मनी -

विश्वकपको १८ औं संस्करण जर्मनीमा आयोजना भएको थियो । तर, रोनाल्डोको अन्तिम विश्वकप रहेको प्रतियोगितामा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

कुल ३२ राष्ट्र सहभागी यस विश्वकपमा ब्राजिल समूह 'एफ' मा रहेको थियो । समूह चरणको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई १-०, अष्ट्रेलियालाई २-० र जापानलाई ४-१ ले हराएको थियो । समूह विजेता बनेको ब्राजिलका लागि रोनाल्डोले मात्र जापानविरुद्ध २ गोल गरेका थिए ।

अन्तिम १६ मा घानालाई ३-० ले पराजित गर्दा रोनाल्डोले थप एक गोल गरेका थिए । तर, क्वाटरफाइनलमा ब्राजिल फ्रान्ससँग स्तब्ध भयो ।

सन् १९९८ को विश्वकपमा फाइनलमा पराजित भएको ब्राजिलले फ्रान्ससँग जर्मनीमा बदला लिने अनुमान गरिएको थियो । तर, फ्रान्सका स्ट्राइकर थिएरी हेनरीले ५७ औं मिनेटमा निर्णायक गोल गर्दा ब्राजिल पुन: बदला लिन चुकेको थियो । र, लगातार तीन पटक फाइनल खेलेको, २ पटक च्याम्पियन बनेको टोली ब्राजिल अन्तिम आठबाट बाहिरिएको थियो ।

Ronaldo | Brazil football team, Ronaldo, Brazilian ronaldo

ब्राजिल अन्तिम आठबाट बाहिरिएपनि रोनाल्डोले यस एक कीर्तिमान बनाएका थिए । घानाविरुद्ध गोल गर्दै रोनाल्डोले विश्वकपमा आफ्नो गोल संख्या १५ पुर्याउदै जर्मनीका गर्ड मुलरको नाममा रहेको विश्वकपमा सर्वाधिक १४ गोलको कीर्तिमान भङ्ग गरेका थिए । तर, पछि रोनाल्डोको कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गर्दै तोडेका थिए ।

 

-एजेन्सीको सहयोगमा 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP