• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्कोरकै समस्या दोहरियो – एन्जिला
नमीन ढकाल
मंगलबार, मंसिर २४, २०७६ नमीन ढकाल
स्कोरकै समस्या दोहरियो – एन्जिला

काठमाडौं । ‘भगवानले सरापनै दिएको जस्तो लाग्छ ।’ सोमबार भारतसँग तेस्रो पटक सागको महिला फुटबलको फाइनलमा पराजित भएपछि गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले भनिन् ।

दक्षिण एसियाली खेदकुद् (साग) अन्तर्गत पोखरामा रंगशालामा भएको फाइनलमा नेपाल पुन भारतसँग पराजित हुन पुग्यो ।
भारतीय स्ट्राइकर बाला देबीले दुई गोल गरेपछि घरमै उपाधि राख्ने नेपालको सपना साकार हुन सकेन ।

राष्ट्रिय महिला फुटबल टिमकी नियमित गोलरक्षक एन्जिलाले राम्रो खेल्दा खेल्दै सधै भारतसँग पराजित हुँदा भगवानले नै सधै सराप दिएको अनुभव हुने बताईन् ।

‘सबैलाई पराजित गर्दै फाइनल पुग्छौं । राम्रो खेलकै हुन्छौं । खै के नपुगेको हो । बेला बेला त भगवानलेनै नजितोस् भनेर सरापनै दिए जस्तो लाग्छ ।’ पोखराबाट एन्जिलाले भनिन् ।

सन् २०१६ बाट राष्ट्रिय टिममा डेब्यु गरेकी एन्जिला त्यसपछि राष्ट्रिय टिमकी नियमित गोलरक्षक हुन् ।

भारतमा भएको सागमा श्रीलंकाविरुद्ध डेब्यु गरेयता उनी राष्ट्रिय टिममा नियमित छिन् ।

सन् २०१० ढाकाबाट सागमा प्रवेश पाएको महिला फुटबलले सन् २०१६ मा भारतको सिलोङ–गुहावटी तथा सन् २०१९ को काठमाडौं–पोखरा संस्करणको फाईनलमा भारतसंग खेलेको थियो ।

दक्षिण एसियामा अन्य देशलाई पराजित गरेपनि नेपालको सधै भारतको तगारो बन्ने गरेको छ ।

पाकिस्तान, भुटान र माल्दिभ्सले महिला फुटबल नखेल्ने भएपछि प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाईएको हो ।
लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग पराजित भएको थियो । फाईनलमा समेत नेपालले भारतको चुनौती पार गर्न सकेन ।

गोलरक्षक एन्जिला भारतसँग राम्रो खेल्दा खेल्दै सधै स्कोरमै समस्या आउने गरेको बताउँछिन् ।

‘पहिलो दिन भारतविरुद्ध धेरै राम्रो खेलेका थियौं । दबाबमा पनि राखेका थियौं । त्यो दिनपनि स्कोरमै समस्या रह्यो । फाइनलमा त कुनैपनि समय दबाब दिनै सकेनौं । फेरिपनि स्कोरमा समस्या रह्यो ।’ उनले भनिन् ।

‘मेहनत पनि गरेका छौं । खेल्न पनि खेलेका छौ । के भएको हो भन्ने अचम्म लाग्छ ।’ निराश हुँदै एन्जिलाले भनिन् ।

भारतसँग लगातार दोस्रो प्रतियोगितामा हार ब्यहोरेरपछि मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् ।

हारको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताउँदै उनले नैतिकताका आधारमा प्रशिक्षकबाट राजिनामा दिएको बताएका छन् । यस्तै टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बुले पनि राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।

हरि खड्का टिमको प्रशिक्षक रुपमा आएपछि नेपाल चार प्रतियोगितामा उपविजेता रह्यो । खड्काको नेतृत्वमा नेपालले भारतमा भएको हिरो महिला गोल्डकप, विराटनगरमा भएको पाचौं संस्करणको साफ, किर्गीस्तानमा भएको नादेझ्दा कप र सागमा उपविजेता भयो ।

साग खेल्नु अघि खेलाडीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अभ्यास गर्न पाएनन् ।

गोलरक्षक एन्जिला समेत मैत्रीपूर्ण खेलको कमी हुँदा भारतसंग पराजित हुन पुगेको बताउँछिन् ।

‘उनीहरु धेरै मैत्रिपुर्ण खेलमा व्यस्त हुन्छन् । हामीलाई त्यो सुविधा छैन । साग अगाडि एउटा मात्रै प्रतियोगिता खेलियो । त्यसपछि मैत्रिपुर्ण खेल हुने भनिएपनि अन्तिम समयमा आएर भएन । साग जस्तो प्रतियोगिता अघि एउटै अभ्यास खेल भएन ।’ उनले भनिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP