• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
रुस विश्वकपको उत्कृष्ट १० गोल, कुन खेलाडीको कुन गोल उत्कृष्ट ?
खेलपाटी संवाददाता
सोमबार, असार २५, २०७५ खेलपाटी संवाददाता
रुस विश्वकपको उत्कृष्ट १० गोल, कुन खेलाडीको कुन गोल उत्कृष्ट ?

एजेन्सी । फिफा विश्वकपको २१ औं संस्करण रुसमा जारी छ । रुस विश्वकपको सेमिफाइनलका खेलहरु मंगलबारबाट हुँदैछ ।

रुस विश्वकपको सेमिफाइनलमा युरोपमा चार टोलीले स्थान बनाएका छन् । यो पटक फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसियाले सेमिफाइनलमा खेल्नेछन् ।

विश्वकपमा अहिलेसम्म ६४ खेलमा ६० खेल सकिएको छ । अब चार खेल बाँकी रहेको छ । विश्वकपको ६० खेल सकिदासम्म कुन १५७ गोल भएका छन् । यो विश्वकमा प्रत्येक खेलमा औसत २.६ का दरले गोल भएका छन् ।

यस्तोमा जारी विश्वकपमा भएका उत्कृष्ट गोलहरुको खोजी सुरु भएको छ । र, यो विश्वकपमा धेरै खेलाडीहरुले सुन्दर गोलहरु गरेका छन् । जसमध्ये केहि खेलाडीको गोल निकै उत्कृष्ट रहेको थियो ।

फ्रान्सका बेन्जामिन पाभर्ड, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका एन्जल डी मारिया लगायतले उत्कृष्ट गोल गरेका छन् । हेर्नुस विश्वकपमा भएका शीर्ष १० सुन्दर गोलहरु :

 

  • बेन्जामिन पाभर्ड (फ्रान्स)

फ्रान्सका डिफेन्डर बेन्जामिन पाभर्डको गोल जारी विश्वकपमा सबैभदा उत्कृष्ट गोल हो । पाभर्डले गरेको गोल जारी विश्वकपको गोलमध्ये एक नम्बरमा रहेको छ । विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध गरेको उनको हाफ भली गोल निकै सुन्दर रहेको थियो ।

डिबक्स बाहिरबाट उनले प्रहार गरेको लामो सुट निकै सुन्दर तरिकाले गोलमा परिणत भएको थियो । उनकै उकृष्ट एक गोल मद्दतले फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो ।

  • नाचो (स्पेन)

समूह चरणको पहिलो खेलमा डिफेन्डर नाचोले गरेको गोल जारी विश्वकपको उत्कृष्ट गोलमध्ये एक हो । पोर्चुगलविरुद्धको खेलमा डिबक्स बाहिरबाट उनले गरेको हाफ भली गोल विश्वकपकै दोस्रो उत्कृष्ट गोल हो ।

नाचोले उत्कृष्ट गोल गरेपछि स्पेन र पोर्चुगलले ३ – ३ गोलको बराबरी खेलेको थियो । जारी विश्वकपमा उनको गोल सर्वाधिक मन पराइएको गोल पनि हो ।

 

  • टोनी क्रुस (जर्मनी)

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिए पनि मिडफिल्डर टोनी क्रुसले गरेको गोल विश्वकपमै हेर्न लायक गोल रह्यो । स्विडेनविरुद्ध २ – १ ले जित निकाल्दा क्रुसले सुन्दर गोल गरेका थिए ।

फ्रिकिक बललाई मार्को रिउससंगको तालमेलमा क्रुसले गरेको गोल विश्वस्तरीय रहेको थियो । दुई टचमा क्रुसले गोल गर्दै जर्मनीलाई जिताएका थिए । क्रुसले टप कर्नरमा प्रहार गरेको बलले जाली चुम्दा किपरले कुनै मेसो पाउन सकेन् ।

  •  क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

गोल मेसिनको नाममा समेत चिनिने पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रुस विश्वकपमा चार गोल गरे । तर, रोनाल्डोले स्पेनविरुद्ध गरेको एक गोल भने विश्वकपमा भएका गोलमध्येकै उत्कृष्ट रह्यो ।

समूह चरणको पहिलो खेलमा स्पेनसंग ३ – १ ले पछि परेको अवस्थामा रोनाल्डोले फ्रिकिकबाट गोल गरेका थिए । जुन गोल विश्वकपकै उत्कृष्टमध्ये चौथो नम्बरमा रहेको छ । उनको फ्रिकिक विश्व स्तरीय किपर डेभिड डी गियाले पत्तै पाएन । रोनाल्डोको उक्त गोलले स्पेनले पोर्चुगलसंग बराबरी खेल्दै एक अंकमा चित्त बुझाउनु परेको थियो ।

 

  • रिकार्डो क्वारिश्मा (पोर्चुगल)

पोर्चुगलका विंगर रिकार्डो क्वारिश्माले जारी विश्वकपमा एक गोल गरेका थिए । तर, उक्त एक गोल नै विश्वकपको उत्कृष्ट १० गोलमा पर्न सफल भएको छ ।  

क्वारिश्माले इरानविरुद्ध लामो दुरीबाट 'आउट साइड फुट' गोल गरेका थिए । र, क्वारिश्माले गरेको गोल विश्वकपकै पाँचौ उत्कृष्ट गोल बन्न सफल भएको छ ।  उनकै गोलको कारण पोर्चुगलले इरानसंग १ – १ गोलको बराबरी खेलेको थियो ।

 

  • एन्जल डी मारिया (अर्जेन्टिना)

अर्जेन्टिना मिडफिल्डर एन्जल डी मारियाले फ्रान्सविरुद्ध  उत्कृष्ट गोल गरे । डिबक्स बाहिरबाट देब्रे खुट्टाले गरेको उनको गोल विश्वकपकै उत्कृष्ट मध्ये एक हो । ३० यार्ड टाढाबाट उनले प्रहार गरेको बलले जाली चुम्दा फ्रान्सेली किपर ह्युगो लोरिस जिल्लिएका थिए । तर, उनले एक गोल गरे पनि फ्रान्सलाई हराउन नसक्दा अर्जेन्टिना विश्वकपको अन्तिम १६ बाटै बाहिरिन पुगेको थियो ।

  • जेसे लिंगार्ड (इंग्ल्यान्ड)

रुस विश्वकपमा पानामाविरुद्ध जिसे लिंगार्डले गरेको गोल विश्वकपकै उत्कृष्ट गोलमध्ये एक हो । दुई डिफेन्स रहेको बेला लिंगार्डले उत्कृष्ट गोल गरेका थिए । उनले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको बल क्रसबारमा ठोक्कीएर गोलमा परिणत भएको थियो ।

  • लुका मोड्रिक (क्रोएसिया)

क्रोएसियाको कप्तान लुका मोड्रिकले जारी विश्वकपकै सुन्दर गोल गरेका छन् । लामो दुरीबाट उनले गरेको गोल विश्वस्तरीय रहेको थियो । जसको कारण उनको गोल विश्वकपकै उत्कृष्ट आठमा पर्न सकेको छ ।

अर्जेन्टिनाविरुद्ध ३ – ० को जित निकाल्ने क्रममा मिडफिल्डर मोड्रिकले लामो दुरीबाट शानदार गोल गरेका थिए । उनको पावरफुल सट सुन्दर गोलमा परिणत भएको थियो ।

  • फिलिपे कौटिन्हो (ब्राजिल)

ब्राजिलका मिडफिल्डर फिलिपे कौटिन्होले स्विजरल्याण्डविरुद्ध गरेको गोल विश्वकपको उत्कृष्ट गोलमध्ये नवौं स्थानमा रहेको छ । डिबक्स बाहिरबाट उनले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । फस्ट बार च्यापेर उनले प्रहर गरेको बल स्विस किपरले रोक्न सकेनन् ।

  • नासिर चाड्ली (बेल्जियम)

फिफा विश्वकप फुटबलमा जापानविरुद्ध नासिर चाड्लीले गरेको गोल पनि विश्वकप कै उत्कृष्ट १० भित्र अटाएका छन् । उनले काउन्टर अट्याकमा गोल गरेका थिए ।

निकै द्रूतगतीमा दौडदै आएर चाड्लीले केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए । उनको गोलको कारण २ – ० ले पछि परेको अवस्था उल्टाएर बेल्जियमले जापानलाई हराएर क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

 

एजेन्सीको सहयोगमा  

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP