महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त
बिहिबार, ०९ आश्विन २०८२

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नविन न्यौपानेलाई राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
उनको कार्यकाल सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म रहनेछ। न्यौपानेले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईबाट नियुक्ति पत्र प्राप्त गरेका हुन्।
यस्तै, भगवती खत्री र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यस्तै बिन्द्रा देवान (टोली व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र बिकास गुरुङ (किट व्यवस्थापक) भने यथावत् भूमिकामा रहने एन्फाले जनाएको छ।






-1776398812762.webp&w=3840&q=75)

-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

