मेसी र अल्बालाई एक खेलको निलम्बन

काठमाडौं। इन्टर मियामीका स्टार खेलाडीद्वय लिओनल मेसी र जोर्डी अल्बालाई अल–स्टार खेल नखेलेको कारण मेजर सकर लिग (एमएलएस)ले एक खेलमा निलम्बन गरिएको छ। तर, मियामीका मालिक जोर्ज मासले यो कठोर सजाय भएको बताएका छन्।
‘उनीहरूले यो निर्णय बुझेनन्,’ मासले शुक्रबार भने,‘एक प्रदर्शनी खेलमा नखेल्दा सिधै निलम्बन गर्नु किन आवश्यक भयो भन्ने उनीहरूलाई बुझ्न गाह्रो परेको छ।’
मेसी र आल्बा दुवैलाई समर्थकहरूले अल–स्टार खेलका लागि छनोट गरेका थिए। तर, उनीहरूले एमएलएस र मेक्सिकोको लिगा एमएक्सबीचको खेलमा भाग लिएनन्। मेसीले अत्यधिक व्यस्त खेल तालिकाका कारण विश्राम लिनु परेको थियो भने आल्बा अघिल्लो चोटका कारण मैदानमा उत्रन सकेनन्।
क्लबकै निर्णयअनुसार यी खेलाडी अल–स्टार खेलमा सहभागी भएनन्। एमएलएसको नियमअनुसार यदि कुनै खेलाडी अल–स्टार खेलमा लिगको पूर्वअनुमति बिना अनुपस्थित हुन्छ भने क्लबको आगामी खेल खेल्न अयोग्य हुन्छ।
अब मेसी र आल्बा शनिबार इन्टर मियामीको घरेलु खेलमा एफसी सिनसिनाटीविरुद्ध खेल्न पाउने छैनन्। सिनसिनाटी पूर्व क्षेत्रको शीर्ष स्थानमा छ।
मेसी र आल्बा दुवै शनिबारको खेलका लागि तयारी गर्दै शुक्रबार क्लबसँगै अभ्यास गरिरहेका थिए। तर, त्यसैबेला एमएलएसले निलम्बनको घोषणा गरेको हो।













-1763024272658.jpeg&w=3840&q=75)