गिलको सानदार प्रदर्शन, पञ्जाबलाई २०० रनको लक्ष्य
बिहिबार, २२ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। कप्तान शुभमन गिलको सानदार प्रदर्शनमा गुजरात जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो।
गिलले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।
साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा अविजित रहे।
पञ्जाबका कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए। हरप्रीत बराडा र हर्षल पटेलको नाममा १/१ विकेट रह्यो।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

