आयरल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल ‘ए’
शनिबार, १७ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो।
नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले। ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे। आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए।
नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन। जितसँगै आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ। शनिबारको खेलमा भने जित हासिल गर्दै शृंखला बराबरी गर्ने नेपाललाई मौका हुने छ।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

