कोलकातालाई १८३ रनको लक्ष्य
शुक्रबार, १६ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। विराट कोहलीको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको हो।
बेंगलुरुका ओपनर विराटले सर्वाधिक ८३ रन बनाए। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
कमरुन ग्रिन ३३, ग्लेन मैक्सवेल २८ र दिनेश कार्तिक २० रनमा आउट हुँदा अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
कोलकाताका हर्षित राणा र आन्द्रे रसेलले २/२ विकेट लिए।
सुनील नारायणको नाममा १ विकेट रह्यो।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

