काठमाडौं । १० किलो मिटर दुरीको मोफसलको चर्चित धरान रनको उपाधि जुलियस मरीउकी र सन्तोषी श्रेष्ठले जितेका छन् ।
शनिबार धरानमा भएको प्रतियोगितामा पुरुषतर्फ केन्याली धावक जुलियस र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् ।
जुलियसले निर्धारित दुरी ३२ दशमलव ५० सेकेन्डमा पुरा गरे ।
प्रशान्त तामाङले निर्धारित दुरी ३४ मिनेटमा पुरा गर्दै दोस्रो भए । पवन राईले निर्धारित दुरी ३४ दशमलव ११ सेकेन्डमा पार गर्दै तेस्रो भए ।
महिलातर्फ सन्तोषीले निर्धारित दुरी पार गर्न ३८ दशमलव ०८ सेकेन्डको समय लगाईन् । छिन्बी माया राईले निर्धारित दुरी ४४ दशमलव ०२ सेकेन्डमा पुरा गर्दै दोस्रो भईन् ।
इन्द्रकला नेम्वाङ्गले निर्धारित दुरी ४५ दशमलव २८ सेकेन्डमा पार गर्दै तेस्रो भईन् ।
दुवै स्पर्धाका विजेताले ६० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पारेका छन् ।