काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए', 'बी' र 'सी' डिभिजन लिग आयोजना गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आर्थिक सहयोग मागेको छ ।
एन्फाले बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई आर्थिक सहयोगको मागसहित पत्र बुझाएको छ ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई पत्र बुझाएका हुन् ।
एन्फाले 'ए', 'बी' र 'सी' डिभिजन लिग आयोजना गर्नका लागि राखेपसँग ६ करोड आर्थिक सहयोग माग गरेको छ ।
एन्फाले 'ए' लिगका लागि ३ करोड, 'बी' का लागि २ र 'सी' लिगका लागि १ करोड राखेपसँग मागेको हो ।
यस्तै एन्फाले च्यासल रंगशाला हस्तान्तरण गर्न र दशरथ रंगशालाको शुल्क मिनाहा गर्न राखेपसँग अनुरोध गरेको छ ।