काठमाडौं । जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले जित निकालेको छ ।
हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो ।
यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै २-० ले जितेको छ ।
घरेलु टोलीले दिएको १ सय ६२ रनको लक्ष्य पाहुना टोलीले २५ ओभर ४ बलमा ५ विकेटको क्षतीमा पूरा गर्यो ।
उसका लागि सन्जु सामसनले अविजित ४३ तथा शिखर धवन र शुभमन गिलले समान ३३/३३ रन बनाए । दिपक होडाले २५ बनाए ।
घरेलु टोलीका लागि लुन्की जोन्गावले २ तथा सिकन्दर राजा, टनका चिभान्गा र भिक्टोर न्याउछीले समान १/१ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८ ओभर १ बलमा अलआउट हुनु अघि १ सय ६१ रन बनाएको थियो ।
उसका लागि सेन विलियम्सले ४२ तथा रायन बर्लले अविजित ३८ रन बनाए । ईनोसेन्ट काई तथा सिकन्दर राजाले समान १६/१६ तथा ब्राड इभान्सले ९ रन बनाए ।
पाहुना टोलीका लागि शार्दुल ठाकुरले ३ तथा कुलदिप यादव,प्रसिद्ध कृष्णा, अक्षर पटेल, मोहम्मद सिराज र दिपक होडाले समान १/१ विकेट लिए।
दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।