काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले हराएको छ ।
बारबाडोसमा शनिबार बिहान भएको खेलमा न्युजिल्याण्ड ५० रनले विजयी भएको हो ।
जितसँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को स्थितिमा पुगेको छ । अब दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय आइतबार हुनेछ ।

पाहुना टोलीले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनायो । उसका लागि याननिची कारियहले ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
अल्जारी जोसेपले ४९ तथा कियक कार्टिक तथा शाही होपले समान १६/१६ रन बनाए ।
पाहुना टोलीका लागि टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४८ ओभर २ बलमा अलआउट हुदै २ सय १२ रन बनाएको थियो । उसका लागि फिना एलेनले ९६ रनको अर्धशतकीय ईनिङ खेले ।

ड्यारियल मिचेलले ४१ तथा मिचेल स्टानरले अविजित २६ रन बनाए । ट्रेन्ट बोल्टले १६ तथा ग्लेन फिलिप्सले ९ रन बनाए ।
घरेलु टोलीका केभिन सिन्केलियरले ४ तथा जासन होल्डरले ३ विकेट लिए । अकिल होसेन २ तथा अल्जारी जोसेपले १ विकेट लिए ।