काठमाडौं । पाहुना टोली दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ ।
लर्ड्समा शुक्रबार पाहुना टोलीले इंग्ल्यान्डलाई एक ईनिङ १२ रनले हराएको हो।
यस जितसँगै पाहुना टोलीले ३ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।
पहिलो ईनिङमा पाहुना टोलीले १ सय ६१ रनको अग्रता बनाएको थियो ।
१ सय ६१ रनले पछि परेको दोस्रो ईनिङमा इंग्ल्यान्डले १ सय ४९ रन जोड्दा सम्पुर्ण विकेट गुमायो ।
उसका लागि एलेक्स लिस र स्टुअर्ड र्बोडले समान ३५/३५ रन बनाए । कप्तान बेन स्टोकले २० तथा जोनी बेयस्ट्रोले १८ रन बनाए ।
पाहुना टोलीका लागि एनरिक नोर्कियाले ३ तथा मार्को जानसन,कागिसो रबडा र केशब महाराजले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा अलआउट हुनु अघि १ सय ६५ रन बनाएको थियो ।
घरेलु टोलीका लागि ओली पोपले ७३ रनको अर्धशतकीय इनिङ खेले । कप्तान बेन स्टोकले २० तथा स्टुअर्ड र्बोड र ज्याक लिचले समान १५/१५ रन बनाए ।
पाहुना टोलीका लागि कागिसो रबडाले ५ तथा एरिक नोर्कियाले ३ विकेट लिए । मार्को ज्यानसेनले २ विकेट लिए ।
पहिलो इनिङमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
उसका लागि सारिल इर्वाले ७३ रनको अर्धशतकिय पारी खेले । मार्को जानसनले ४८ तथा कप्तान डिन एल्गरले ४७ रन बनाए ।
केशब महाराजले ४१ तथा एनरिक नोर्कियाले अविजित २८ रन बनाए ।
घरेलु टोलीका लागि स्टुअर्ड बोर्ड र बेन स्टोकले समान ३/३ तथा म्याथ्यु पोट्सले २ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार हुनेछ ।