काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ ।
बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।
जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको १ सय ९१ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि शामरन ब्रुक्सले ७९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निकोलस पुरनले २८ तथा शाई होपले २६ रन बनाए ।
जासन होल्डर तथा जिर्माइनि ब्लायकउडले अविजित रहदै १३ तथा १२ रन बनाए ।
पाहुना टोलीका लागि ट्रेन्ट बोल्ट र टिम साउदीले समान २/२ तथा मिचेल स्याट्नीरले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९ ओभरको अन्तिक बलमा अलआउट हुदै १ सय ९० रन बनाएको थियो ।
उसका लागि कप्तान केन विलियम्सले ३५ तथा मिचेल ब्राकिवेलले ३१ रन बनाए । फिना एलेन र मिचेल स्याट्नीरले समान २५२५ रन बनाए ।
मार्टिन गप्टिलले २४ तथा टम लेथम र टिम साउदीले समान १२/१२ रन बनाए ।
घरेलु टोलीका अकिल होसेन र अल्जारी जोसेपले समान ३/३ तथा जासन होल्डरले २ विकेट लिए ।