काठमाडौं । भारतीय अलराउण्डर वासिङ्टन सुन्दरले जिम्बावेविरुद्धको सिरिज गुमाउने भएका छन् ।
घरेलु टोलीविरुद्ध हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजबाट सुन्दर पाखुराको समस्याका कारण बाहिरिएका हुन् ।
सुन्दर टिममा नरहने कुरा बीसीसीआईले पुष्टि गरेको छ । जिम्बावेसँगको सिरिजमा उनले लामो समय पछि टोलीमा पुनरागमन गरेका थिए ।
पहिलो एकदिवसीय हारेरमा अगस्ट १८ मा हुनेछ ।
उनको स्थानमा शाहवाज अहमदलाई टिममा बोलाईएको छ ।