काठमाडौं । बेल्चोक ब्वाइजले एनसीसी कप-२०२२ को उपाधि जितेको छ।
साविक विजेता ब्रेक एण्ड प्लेलाई ३१ रनले हराउँदै बेल्चोक च्याम्पियन बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बेल्चोकले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
बेल्चोकका लागि इमरानले २९ बलमा ४६ रन ,अनीशले ३६ बलमा ३५ रनको योगदान दिए । ब्रेक एन्ड प्लेका लागी मरिअनोले २ तथा निरन्जन ,अल्विन र आलोकले १/१ विकेट लिए ।
१ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ब्रेक एन्ड प्लेले २० ओभरमा मात्र ५ विकेट गुमाउदै १ सय ३७ रन बनाउन सक्यो ।
ब्रेक एन्ड प्लेका लागि मरिअनोले ४१ बलमा सर्वाधिक ५४ रन बनाए ।
प्रतियोगिताको उपाधिसँगै बेल्चोकले नगद २ हजार क्यानेडियन डलर प्राप्त गर्यो । उपविजेताले १ हजार डलर प्राप्त गरेको छ ।
नेपलिज क्यानडियन क्रिकेट क्लबले अयोअना गरेको प्रतियोगितामा बेल्चोक ब्वाइजका इमरान असगर म्यान अफ द फाइनल बन्दै १ सय डलर पुरस्कार पाए ।
ब्रेक एन्ड प्लेका धीरेन्द्र गिरी उत्कृष्ट बलर, बेल्चोकका बिबास थापा उत्कृष्ट ब्याटर बन्दै नगद १ सय डलर प्राप्त गरे ।
ब्रेक एन्ड प्लेका मारियानो आनन्दप्पा प्लेयर अफ द टुर्नामेन्ट बन्दै २ सय ५० डलर नगद प्राप्त गरे।
ब्राम्पटन सिटीद्वारा आर्थिक सहयोग प्राप्त प्रतियोगिताको उद्घाटन ब्र्याम्पटनका मेयर प्याट्रिक ब्राउनले गरेका थिए ।