काठमाडौं । क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् ।
नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो।
सम्झौता अवधिमा अमितलाई आइटेलले आवश्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।
दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्ष देखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् ।
उनले २०१३ को एसीसी यू-१९ र यू-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए।

फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए ।
कम्पनिले सुरुवातमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवश्यकता अनुसार प्रदान गर्ने जानकारी गराए ।
जसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याट लगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनिको प्रचार गर्नेछन्।
अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए ।