एकदिवसीयमा इंग्ल्यान्डको कीर्तिमानी योगफल
शुक्रबार, ०३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमानी योगफल बनाएको छ ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदै इंग्ल्यान्डले कीर्तिमान बनाएको हो ।
इंग्ल्यान्डले आफ्नै नामको कीर्तिमान भङ्ग गरेको हो ।
इंग्ल्यान्डले यस अघि २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४ सय ८१ रनको कीर्तिमान बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए ।
जोस बट्लरले अविजित रहदै १ सय ६२ रनको शतकीय इनिङ खेले ।
यस्तै डाविड मालनले १ सय २५ तथा फिल साल्टले १ सय २२ रनको शतकीय इनिङ खेले ।
लियाम लिभिङस्टोन ६६ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिए ।
एकदिवसीयमा इंग्ल्यान्डको कीर्तिमानी योगफल







-1776324756993.png&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

-1776398812762.webp&w=3840&q=75)