युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ ।
उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।
खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा इलिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जित दिलाए ।
उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ ।
उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ । उडिनेजेलाई हराउँन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्ट्सले च्याम्पियन बन्ने मौका गुमाएको छ ।
युभेन्ट्स लगातार नवौं सिजन सिरी 'ए' को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११/१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६ औं सिरी 'ए' उपाधि हात पार्नेछ ।
घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ ।
उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।













-1763024272658.jpeg&w=3840&q=75)