एजेन्सी । इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार भारतका बलर मोहमद शामीले ह्याट्रिक विकेट लिए ।
अफगानिस्तानविरुद्ध ११ रनको जित निकाल्ने क्रममा शामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएका थिए । शामीले अन्तिम ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिँदै भारतलाई रोमान्चक जित समेत दिलाएका थिए ।
उक्त ह्याट्रिकसंगै शामी जारी विश्वकपमा ह्याट्रिक लिने पहिलो खेलाडी बने । र, शामी विश्वकप इतिहासमा ह्याट्रिक विकेट लिने दशौं खेलाडी बने । यस्तै शामी विश्वकपमा ह्याट्रिक लिने दोस्रो भारतीय खेलाडी बने ।
विश्वकप क्रिकेटको १२ औं संस्करण चलिरहदा हालसम्म ९ खेलाडी १० पटक ह्याट्रिक विकेट लिन सफल भएका छन् । विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी भने भारतका चेतन शर्मा हुन् ।
हालसम्मको विश्वकपमा ह्याट्रिक विकेट लिने खेलाडी को को हुन् त ?
१. चेतन शर्मा (भारत, सन् १९८९)
![Chetan Sharma took the first-ever World Cup hat-trick](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/02/13/f8c3b784-3f14-4d0a-952a-ce20b8d135c6/Sharma.jpg)
विश्वकप इतिहाँसमा पहिलो ह्याट्रिक लिने खेलाडी हुन् भारतका चेतन शर्मा । सन् १९८९ मा भएको विश्वकपमा फास्ट बलर शर्माले समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
२. शक्लिन मुश्ताक (पाकिस्तान, सन् १९९९)
![Saqlain took his hat-trick in England in '99](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/02/13/824adc77-f390-4128-a0d5-0d2b979a84c5/Saqlain.jpg)
चेतन शर्माले विश्वकपमा ह्याट्रिकको खाता खोलेको १२ वर्षपछि पाकिस्तानका मुश्ताकले ह्याट्रिक विकेट लिएका थिए । सन् १९९९ मा जिम्बाबेविरुद्ध ह्याट्रिक लिएका थिए । २ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेको मात्र १२३ रनमा ७ विकेट पतन भएको थियो । तर, मुश्ताकले बाँकी रहेको ३ विकेट लिँदै विश्वकपमा ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका थिए ।
३. चामिन्दा भास (श्रीलंका, सन् २००३)
![Image result for Chaminda Vaas](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/01/25/83738109-32fc-40cb-823b-c2b4674b5a58/2003-2-.jpg)
सन् २००३ को विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए । उनले खेलको पहिलो ३ बलमा ह्याट्रिक लिंदै एकदिवसीय खेलमा सुरुकै ३ बलमा ह्याट्रिक लिने पहिलो खेलाडी समेत बनेका थिए ।
४. ब्रेट ली (अस्ट्रेलिया, सन् २००३)
![Brett Lee ripped the heart out of Kenya's batting in just the fourth over](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/02/13/13189781-c96e-4209-9621-0f8a8984337c/Brett-Lee.jpg)
भासले ह्याट्रिक लिएका १११ दिनपछि अष्ट्रेलियाका फास्ट बलर ब्रेट लीले केन्याविरुद्ध ह्याट्रिक गर्न सफल भएका थिए । एकै विश्वकपमा २ ह्याट्रिक बनेको यो पहिलो पटक थियो । डर्बनमा भएको खेलमा केन्याविरुद्ध चौथो ओभर बलिङ गरेका उनले लगातार ३ विकेट हात पार्दै ३ रनको स्थितिमा ३ विकेटमा झारिदिएका थिए ।
५. लासिथ मालिंगा (श्रीलंका, सन् २००७ )
![And another!](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/02/13/040641cd-c541-412a-8967-41348d311c3d/Malinga-2011.jpg)
सन् २००७ मा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध मालिंगाले ह्याट्रिक विकेट लिएका थिए । श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकालाई जितका लागि ४ रन आवश्यकता रहेको थियो र उसँग ५ विकेट बाँकी रहेको थियो ।
यस्तोमा मालिंगाले लगातार ४ बलमा ४ विकेट लिंदै खेल रोमान्चक मोडमा ल्याएका थिए । तर, उनले श्रीलंकालाई जित भने दिलाउन सकेनन् । विश्वकपमा ४ बलमा ४ विकेट हात पार्ने उनी एक्लो खेलाडी हुन् ।
६. केमार रोच (वेष्ट इण्डिज, सन् २०११)
![Roach finished the Netherlands off in style](https://icc-static-files.s3.amazonaws.com/ICC/photo/2018/02/13/b512c7c6-e2fc-4f62-9172-3ee880e54ac1/Roach.jpg)
वेष्ट इण्डिजका लाग विश्वकपमा ह्याट्रिक लिने केमार रोच एक्ला खेलाडी हुन् । उनले सन् २०११ मा भएको विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
७. लासिथ मालिंगा (श्रीलंका, सन् २०११)
विश्वकप इतिहाँसमा दुई पटक ह्याट्रिक लिने खेलाडी हुन श्रीलंकाका लासिथ मालिंगा हुन् । सन् २०११ को विश्वकपमा केन्याविरुद्ध ह्याट्रिक लिंदै मालिंगा विश्वकपमा दुई ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बने । त्यसअघि उनले सन् २००७ मा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
केन्याविरुद्धको खेलमा दुई फरक ओभरमा विकेट हात पार्दै उनले ह्याट्रिक पुरा गरेका थिए । मालिंगाले व्यक्तिगत सातौं ओभरको अन्तिम बल र आठौं ओभरको पहिलो २ बलमा विकेट हात पारेका थिए ।
८. स्टेभेन फिन (इंगल्याण्ड, सन् २०१५)
![Image result for Steven Finn](https://cdn.images.express.co.uk/img/dynamic/68/590x/Steven-Finn-588865.jpg)
सन् २०१५ को विश्वकपमा अष्ट्रेलियाविरुद्ध ह्याट्रिक विकेट लिन सफल फिन इंग्ल्याण्डका विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले अष्ट्रेलियाका ब्राड ह्याडन, ग्लेन म्याक्स्वेल र मिचेल जनसनको विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए ।
९. जेपी डुमिनी (दक्षिण अफ्रीका, सन् २०१५)
![Image result for JP Duminy](https://image.iol.co.za/image/1/process/620x349?source=https://inm-baobab-prod-eu-west-1.s3.amazonaws.com/public/inm/media/image/105816359.JPG&operation=CROP&offset=0x164&resize=2111x1187)
११ औं संस्करणको विश्वकपमा ह्याट्रिक विकेट लिँदै डुमिनी विश्वकपमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी क्रिकेटर बने । उनले श्रीलंकाविरुद्धको क्वाटरफाइनल खेलमा ह्याट्रिक गर्दै दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्याएका थिए । यस्तै डुमिनीको ह्याट्रिक एकै विश्वकपमा बनेको दुई ह्याट्रिकको दोस्रो पटक हो ।
१०. मोहमद शामी (भारत, सन् २०१९)
भारतका लागि विश्वकपमा ह्याट्रिक गर्ने मोहमद शामी दोस्रो खेलाडी बने । सन् २०१९ विश्वकपको पहिलो ह्याट्रिक लिने खेलाडी बनेका शामीले अफगानिस्तानविरुद्ध अन्तिम ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरे । उनको ह्याट्रिकको मद्दतले भारत हारबाट जोगिएको थियो ।