काठमाडौँ । सन् १९७५ मा इंग्ल्याण्डबाट सुरु भएको एक दिवसीय विश्वकपका ११ औं संस्करण सम्पन्न भईसकेको छ ।
सन् २०१५ को विश्वकप अघिसम्म २० देशले सहभागिता जनाउदै आएका थिए । त्यसपछि आइसीसीले देशको सहभागि संख्या घटाएर १६ देशबीच मात्र प्रतियोगिता खेलाउदै आएको थियो ।
यस बर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप जम्मा १० देशले प्रतिस्पर्धा गर्नेछन् ।
क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का सदस्य राष्ट्रबाट छनोट प्रकिया पुरा गरेर प्रतियोगिता आयोजना हुन्छ ।
शीर्ष स्थानमा रहेका ८ टिम सिधै छनोट हुन्छन् । अन्य देश भने वल्र्ड क्रिकेट लिग र विश्वकप छनोट प्रतियोगिता पार गरेर विश्वकपमा छानिन्छन् ।
सन् २०१९ मा हुने विश्वकपमा अस्ट्रेलिया, वेस्ट इण्डिज, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, इंग्ल्याण्ड, न्युजिल्याण्ड, बंगलादेश र दक्षिण अफ्रिकाले सहभागिता जनाउने छन् ।
हरेक संस्करणमा देशको सहभागिता घट्दै आएपछि क्रिकेटमा आफुलाई परिस्कृत गर्दै आएका देशले आईसीसीको आलोचना गर्ने गरेका छन् ।
किन विश्वकपमा एसोसियट राष्ट्रको सहभागिता जरुरी छ त ?
सबै देशको चाहाना हुन्छ, आफ्नो देशले विश्वकप खेलेको हेर्ने ।
अर्को महिना सुरु हुने विश्वकपमा कुनै पनि एसोसिएट राष्ट्र सहभागि हुने छैनन् । टेस्ट मान्यता प्राप्त गरेका २ राष्ट्र जिम्बाबे र आयरल्याण्ड समेत विश्वकप बाहिर रहने छन् ।
यसले प्रश्न उठाएको छ, के क्रिकेट सिमित राष्ट्रको खेल हो त ?
वा आईसीसी एक अल्पकालीन व्यावसायिक दृश्य कोर्दै छ ?
नेपाल, स्कटल्याण्ड जस्तै एसोसियट देशसंग ड्राइभिङ पावर नहुन सक्छ । ९० को दशकको बङ्गलादेश समेत अहिलेको एसोसियट राष्ट्र जस्तै थियो । जसले अहिले अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । सहभागीता जनाईरहेको छ ।
उसलाई त्यो समय अवसर दिईएको थियो । उसले आफुलाई विश्वकपमा प्रमाणित गरिसकेको छ ।
अर्को तर्फ आइसीसीले क्रिकेट प्रतिको लोकप्रियता बढाउने कोशिस गरिरहेको छ । तर यो योजना तब मात्र सफल हुन्छ जब धेरै भन्दा धेरै राष्ट्रको विश्वकपमा सहभागिता बढ्छ ।
अन्यथा, के कुराले क्रिकेटमा लाग्न प्रेरणा मिल्छ त ?
जब विश्वकपको सपना देख्न गाह्रो पर्छ ।
क्रिकेटका महान हस्ती सचिन तेन्दुलकरले समेत विश्वकप खेल्ने देशको संख्यामा बृद्वि गर्नुपर्ने भन्दै सामाजिक संजालबाट मुख खोलेका थिए ।
क्रिकेट समर्थकमा विश्वास छ, साना क्रिकेट राष्ट्रले विश्वकपमा केहि उत्साह ल्याउँछन् ।
उदाहरण, टेस्ट मान्यता पाउनु अगाडी बङ्गलादेश र आएरल्याण्डले क्रिकेटका ठुला राष्ट्र पाकिस्तान र भारतलाई सन् २००७ को विश्वकपमा हराएका थिए ।
सन् १९९६ केन्याले दुई पटकको विश्वकप बिजेता वेष्ट इण्डिजलाई पराजित गर्दा वा आयरल्याण्डले जिम्बाबे र पाकिस्तानलाई सन् २००७ मा हराउँदा सबै क्रिकेटका पण्डित आश्चार्यचकित परेका थिए ।
अझ सन् २००३ को विश्वकपमा केन्या सेमिफाइनलको यात्रा तय गर्दा सारा विश्वनै चकित भएको थियो । हालसम्म एसोसियट राष्ट्रले विश्वकपमा निकालेको यो नै सर्वाधिक राम्रो नतिजा हो ।
तर एसोसियट टिमबाट प्रतियोगितामा धेरै आश गर्न सकिदैन ।
एसोसियट टोलीले प्रतियोगितामा फरक परिस्थिति सृजना गर्न सक्छन्, जसले प्रतियोगितामा रोमान्चकता र गतिशीलतामा प्रभाब पार्न सक्छ ।
१० राष्ट्र सहभागि प्रतियोगितामा कम्तिमा १६\२० राष्ट्रलाई अवसर दिदाँ ४\८ एसोसियट राष्ट्रले अवसर पाउछन् । जसले विश्वकपलाई थप रोमाञ्चक बनाउनुका साथै लोकप्रियता समेत हासिल गर्न सक्छ ।
आशा छ, आईसीसीले यसको समीक्षा गर्नेछ । सन् २०२७ को संस्करणमा अझ धेरै देशको सहभागिता विश्वकपमा देख्न पाउछौं ।
-एजेन्सीकाे सहयाेगमा