• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाकिस्तान अझै सुपर–८ मा पुग्न सक्छ ?
खेलपाटी संवाददाता
मंगलबार, जेठ २९, २०८१ खेलपाटी संवाददाता
पाकिस्तान अझै सुपर–८ मा पुग्न सक्छ ?

काठमाडौं। पहिले अमेरिकासँग सुपर ओभरमा पाँच रनले हारेको पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ।

लगातार दुई हारसँगै पाकिस्तानको टी–२० विश्वकपको अर्को चरणमा पुग्ने आशा लगभग समाप्त भएको छ। टोलीको बाँकी आशा अब आयरल्यान्ड र भारतमा निर्भर छ। यदि यी दुई टोलीले अमेरिकाविरुद्ध जित हात पार्‍यो भने मात्र बाबर आजमको टिम प्रतियोगितामा टिकिरहन सक्नेछ।

समूह 'ए' को तालिकामा भारत पहिलो स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा। दुवैको ४–४ अंक छ। यस्तै, पाकिस्तान र आयरल्यान्डले दुई खेलबाट अंक जोड्न सकेको छैन। पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौं स्थानमा छ। समूहका शीर्ष दुई टोली अर्को चरण अर्थात् सुपर–८ मा प्रवेश गर्नेछन्। पाकिस्तान शीर्ष दुई स्थानका लागि संघर्षमा छ।

के पाकिस्तान अझै सुपर–८ मा पुग्न सक्छ ? सरल जवाफ हो सक्छ। तर, पाकिस्तानका लागि यो काम गर्न निकै कठिन छ। हालको अवस्थामा सुपर-८ मा पुग्न यो समीकरण पूरा हुनुपर्छ।

पाकिस्तानले समूह चरणका बाँकी दुई खेल जित्नैपर्छ: 
पाकिस्तानले समूह चरणमा अझै दुई खेल खेल्न बाँकी छ। जुन ११ मा क्यानडा र जुन १६ मा आयरल्यान्डसँग। पाकिस्तानले कुनै पनि हालतमा यी दुवै खेल जित्नैपर्ने हुन्छ। जितहासिल गरे पनि छनोटको कुनै ग्यारेन्टी छैन। यदि पाकिस्तानले बाँकी दुईमध्ये एक खेल हार‍यो भने निश्चित रुपमा आउट हुनेछ।

अमेरिकाले पछिल्ला दुई खेलमा हार बेहोर्नु पर्छ :
अमेरिकाले अब जुन १२ मा भारतसँग र जुन १४ मा आयरल्यान्डसँग खेल्नेछ। अमेरिकाले दुवै खेल हारेमा पाकिस्तानको सुपर–८ मा पुग्ने आशा जीवितै रहनेछ।

नेट रनरेटमा पाकिस्तान अमेरिकाभन्दा अगाडि : 
यदि पाकिस्तानको भाग्य धेरै राम्रो छ र माथिका दुवै शर्तहरु पूरा भएका छन् भने पनि उसले नेट रनरेटलाई राम्रो राख्नुपर्नेछ। पाकिस्तानको रनरेट माइनस ०.१५ र अमेरिकाको रनरेट प्लस ०.६३ रहेको छ। यस्तो अवस्थामा पाकिस्तानले आफ्ना दुवै खेल ठूलो अन्तरले जित्नु पर्नेछ, त्यसपछि मात्र उसले क्वालिफाई गर्न सक्नेछ।

आयरल्यान्डले गत महिना पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै तीन खेलको टी–२० सिरिज जितेको थियो। आयरल्यान्डले सन् २००७ को एकदिवसीय विश्वकपमा पनि पाकिस्तानलाई हराएको थियो। गत टी–२० विश्वकपमा समूह चरणमा च्याम्पियन इंग्ल्यान्डलाई आयरल्यान्डले पराजित गरेको थियो।

आयरल्यान्डले टी–२० विश्वकपमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, बंगलादेश र जिम्बाब्वेजस्ता शीर्ष टोलीलाई पराजित गरेको थियो। अर्कोतर्फ पाकिस्तान टी–२० विश्वकपमा जिम्बाब्वे र अमेरिकाजस्ता साना टोलीसँग पराजित भएको छ। अर्थात् पाकिस्तानको टोलीले आयरल्यान्डलाई हलुका रुपमा लिन मिल्दैन।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP