• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चमत्कारी प्रदर्शन गर्दै विश्वकपमा फर्किएको नेपाल
खेलपाटी संवाददाता
बिहीबार, जेठ १७, २०८१ खेलपाटी संवाददाता
चमत्कारी प्रदर्शन गर्दै विश्वकपमा फर्किएको नेपाल

काठमाडौँ। सन् २०२३ मा नेपालले १२ खेलमा चमत्कारी प्रदर्शन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो। त्यसलगत्तै भएको एसीसी प्रिमियर लिगमा पनि नेपालले उस्तै सानदार प्रदर्शन गर्‍यो। आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह चरणमा अपराजित रह्यो।

समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेको नेपालले साउदी अरबसँगको खेल भने वर्षाका कारण खेल्न पाएन। यद्यपि, अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले बलियो प्रतिद्धन्द्धी यूएईलाई पाखा लगायो। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई १३४ रनमा रोकेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १७ बल बाँकी छँदै २ विकेट गुमाएर फाइनलमा स्थान बनायो। योसँगै नेपालले टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको थियो। तर, उपाधि भिडन्तमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित हुन पुग्यो।

महत्त्वपूर्ण खेलाडी
गत वर्ष नेपालका कप्तान रोहितकुमार पौडेलले १३ इनिङ्समा ५०.३७ को औसतमा ४०३ रन बनाएका थिए। वेस्ट इन्डिज 'ए' विरुद्ध घरेलु मैदानमा भएको शृंखलामा एक शतक र दुई अर्धशतकसहित चार खेलमा २६५ रन बनाएका उनी उत्कृष्ट फर्मका साथ टी–२० विश्वकपमा प्रवेश गर्दैछन्।

दीपेन्द्रसिंह ऐरीले पछिल्लो १२ महिनामा टी–२० को ५६ इनिङ्समा १ हजार ६२६ रन बनाएका छन्। गत वर्ष उनले एशियाली खेलकुदमा मंगोलियाविरुद्ध  सबैभन्दा छिटो (९ बलमा) टी–२० अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए। हालै उनले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए। ऐरी एक राम्रा अफ स्पिनर पनि हुन्। 

उनले टी–२० मा ३७ विकेट लिइसकेका छन् र उनी राम्रो फिल्डर पनि हुन्। २० वर्षीय कुशल मल्लले गत वर्ष मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका थिए। सन् २०२३ मा उनले १२ इनिङ्समा १९३.२६ को स्ट्राइक रेटमा ४०२ रन बनाएका थिए। टी–२० अन्तर्राष्ट्रियमा ६.१८ को इकोनोमीमा १९ विकेट लिएका मल्ल बायाँ हाते स्पिन बलर पनि हुन्।

ठूला प्रतियोगितामा नेपाल
सन् २०१४ पछि नेपालको यो पहिलो टी–२० विश्वकप हो। नेपालले गत वर्ष सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो। तर, ठूला टोलीसँग प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। सन् २०२३ मा नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाए पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुलसनकुमार झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP