काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।
सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए।
मुम्बईका अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए।
ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट लिए।