• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
गतिसँग प्रेममा रहेका मयंक
खेलपाटी संवाददाता
आइतबार, चैत १८, २०८० खेलपाटी संवाददाता
गतिसँग प्रेममा रहेका मयंक

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यू खेलमा पञ्जाब किंग्सविरुद्ध तीन विकेट लिएपछि ‘पोस्ट म्याच कन्फ्रेन्स’मा उपस्थित भएका मयंक यादवलाई पत्रकारहरूले अनौपचारिक रूपमा सोधेका थिए– तपाईँले इङ्लिसमा पनि जवाफ दिन सक्नुहुन्छ? 

मयंक पूर्ण आत्मविश्वासी देखिए र उत्तर दिए– यस, ह्वाइ नट?

पोस्ट म्याच कन्फ्रेन्समा मात्रै होइन शनिबार पञ्जाबविरुद्धको पूरा खेलमा पनि मयंक उत्तिकै आत्मविश्वासी देखिएका थिए। पत्रकारहरूले उनलाई फेरि प्रश्न गरे– पहिलो खेलमा नर्भस हुनुहुन्थ्यो?

त्यसमा उनको सरल जवाफ थियो, ‘धेरैले मलाई डेब्यू म्याचमा नर्भसनेस र दबाब हुने बताएका थिए। तर, मैले त्यस्तो केही महसुस गरिन। कप्तानले मलाई जब बल दिनुभयो मैले आफूलाई यो स्थानको लागि हकदार भएको महसुस गरेँ।’

२१ वर्षीय मयंकले पञ्जाबविरुद्ध डेब्यू गर्दै पहिलो बल १४७ किलोमिटर प्रतिघण्टाको गतिमा फ्याँकेर सबैलाई ‘सप्राइज’ दिएका थिए। इनिङ्सको १०औँ ओभरमा आएका मयंकले जोनी बेयरस्टो, शिखर धवन र जितेश शर्माजस्ता अन्तर्राष्ट्रिय ब्याट्सम्यानलाई पटकपटक समस्यामा पारे। मयंकको तीव्र गतिको ‘हार्ड लेन्थ’ बलको सामना गर्न उनीहरूलाई गाह्रो परिरहेको थियो।

खेलपछि पञ्जाबका कप्तान धवनले मयंकको गतिले आफ्नो टोलीलाई समस्यामा पारेको र राम्रो शुरूआत गरेपनि खेल हारेको स्वीकार गरे। ‘उनको स्पिड देखेर म अचम्ममा परेको थिएँ। म उनको फास्ट बाउन्सर बलको लागि तयार थिएँ। तर, उसले मलाई दुई वटा योर्कर बलिङ पनि गरे। यसले गति मात्र नभएर उनी ड्राइभिङ बलर पनि हुन् भन्ने देखाउँछ,’ उनले भने।

यस खेलमा मयंकको औसत गति १४८ किलोमिटर प्रतिघण्टा थियो। एकपटक त उनले १५५.८ किलोमिटर प्रतिघण्टाको गति पनि पार गरे। यसअघि सन् २०२३/२४ को सैय्यद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबविरुद्ध बलिङ गर्दा १५५.१ किलोमिटर प्रतिघण्टाको गति छुएका थिए। ‘१५६ को यत्रो स्पिडमा बलिङ गरेको यो पहिलोपटक हो,’ उनी भन्छन्।

पञ्जाबविरुद्ध उनले गतिका कारण तीन वटै विकेट लिएका हुन्। मयंकले बेयरस्टोलाई १४१ किलोमिटर प्रतिघण्टाको गतिमा शट बल पुल गर्न निमन्त्रणा दिए। तर, ब्याटको धेरै माथि लागेर डीप मिड विकेटमा मार्कस स्टोयनिसबाट उनी ४२ रनमा क्याच आउट भए। 

प्रभसिमरन सिंह पनि मयंककै गतिको सिकार भए। १४७ को स्पिड आएको शट बललाई सिंहले पुल गर्ने प्रयास गरेका थिए। तर, बल ब्याटमा राम्ररी लागेन र उनी मिड अनमा रहेका नवीन उल हकबाट क्याच आउट भए। 

मयंकले जितेश शर्मालाई पनि १४१ रनको गतिमा शट बलमै आफ्नो सिकार बनाए। उनले पनि सिंह र बेयरस्टोजस्तै पुल शट प्रहार गर्ने प्रयास गरेका थिए। तर, मिड अनमा रहेका नवीनबाटै क्याच आउट हुन पुगे।

बाल्यकालदेखि नै मयंक गतिसँग प्रेममा थिए। उनलाई जेट, रकेट र विमानसँग लगाव थियो। ‘क्रिकेटबाहेक गतिले मलाई दैनिक जीवनमा प्रभाव पार्छ र मोहित बनाउँछ। मलाई सानैदेखि जेटहरू असाध्यै मन पर्थ्यो। आकाशमा रकेट या विमान उडेको देख्दा असाध्यै रोमाञ्चित हुन्थ्यो। यसबाहेक सुपर बाइक पनि निकै मन पर्छ,’ उनी भन्छन्।

मयंकले दिल्लीका लागि घरेलु क्रिकेट खेल्दै आएका छन्। दिल्लीबाट उनले एक रणजी, १७ लिस्ट ‘ए’ र १० टी२० खेल खेलेका छन्। २०२१/२२ मा घरेलु सिजनमा डेब्यू गरेका उनले उत्तर प्रदेशविरुद्ध विजय हजारे ट्रफीमा विजय दहियालाई प्रभावित गरेका थिए। त्यस समय उत्तर प्रदेश र लखनउ सुपर जाइन्ट्स दुवै टोलीको कोचिङ स्टाफ उनै दहियाल थिए।

त्यसपछि दहियाले मयंकसँग उनको बलिङको ‘फुटेज’ मागे। सोही वर्षको आईपीएल अक्सनमा उनलाई लखनउले किनेको थियो। यद्यपि, उनले २०२२/२३ र २०२३/२४ को घरेलु सिजनमा ‘साइड स्ट्रेन’को सामना गरे। जसका कारण उनी धेरैजसो बेन्चमा नै रहे। गत वर्ष पनि उनी चोटका कारण आईपीएलबाट बाहिरिए।

सबैभन्दा ठूलो चुनौती आफूलाई चोटपटकबाट सुरक्षित राख्नु रहेको उनी बताउँछन्। ‘मैले अहिलेसम्म भेटेका सबै फिजियोले मलाई चोट फास्ट बलरको जीवनको एक हिस्सा भएको बताएका छन्। पछिल्लो डेढ वर्षमा मैले दुई–तीन ठूला चोटहरू भोगेको छु। गत वर्ष चोटले गर्दा मैले आईपीएल खेल्न सकिनँ। त्यसैले मेरो लक्ष्य फिटनेसको ख्याल राख्नु, प्रशिक्षण गर्नु र रिकभरीमा ध्यान केन्द्रित गर्नुमा हुनेछ,’ उनी भन्छन्।

मयंकले गत वर्ष यू–२३ कर्नल सीके नायडूमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १५ विकेट लिएका थिए। जसमा उनले छत्तीसगढविरुद्धको एउटै खेलमा ५ विकेट लिए। यसबाहेक उनले ब्याटिङबाट ६६ रनको योगदान पनि दिए।

मयंकले सैय्यद मुश्ताक अली ट्रफी २०२३/२४ मा पनि प्रभावकारी प्रदर्शन गरे। प्रतियोगिताको ४ खेलमा ५ विकेट लिएका उनको इकोनोमी ६.५ भन्दा कम थियो। यसबाहेक उनले विजय हजारे ट्रफीमा ५ खेलमा ६ विकेट लिए। सन् २०२३ को देवधर ट्रफीमा नर्थ जोनबाट खेल्दा मयंकले ५ खेलमा १२ विकेट लिए। यी विकेट १७.५८ को औसत र ६ भन्दा कमको इकोनोमीमा आएका हुन्।

डेब्यू म्याचको रणनीतिबारे कुरा गर्दै मयंकले भने, ‘गति मेरो प्लस पोइन्ट हो भन्ने मलाई थाहा थियो। मैले यसलाई राम्रोसँग प्रयोग गर्ने प्रयास गरेँ। मलाई पेससँगै हार्ड लेन्थ बलिङ गर्न मन पर्छ भन्ने कुरा प्रशिक्षक जस्टिन ल्यांगर र बलिङ प्रशिक्षक मोर्ने मोर्केललाई पनि थाहा छ। त्यसैले मलाई आफ्नो योजना सरल राख्न, सकेसम्म हार्ड लेन्थमा बलिङ गर्न र स्टम्पमा बलिङ गर्न भन्नुभएको थियो। मैले खेलको समयमा त्यही गरेँ।’

क्रिकेटमा आफ्नो एकमात्र आइडल उनी दक्षिण अफ्रिकाका डेल स्टेनलाई मान्छन्। उनीजस्तै निडर र आक्रामक भएर तीव्र गतिमा बलिङ गर्ने प्रयास रहने मंयकले बताउँछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP