काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको चौथो खेलमा समेत विकेट लिन सफल भएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध आफ्नो दोस्रो ओभरमा विकेट लिएका हुन् । ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको मेलबर्न रेनेगेड्सका कप्तान टम कोपरलाई सन्दीपले बोल्ड आउट गरे । कोपर १० रनमा आउट भए ।
सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । यस ओभरमा सन्दीपले ४ रन मात्र खर्चिए ।
पहिलो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् । पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिए ।