काठमाडौं । अष्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई समर्थन गर्न नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का मेलबर्न स्टार्सको मैदानमा पुगेका छन् ।
एक्सपर्ट एजुकेशनको क्रिकेट महोत्सवका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस सन्दीपलाई समर्थन गर्ने सोमबार मेलबर्न क्रिकेट मैदान पुगेका हुन् ।
कप्तान पारस मेलबर्न स्टार्सको निमन्त्रणा अभ्यास स्थल पुगेका थिए । यस्तै कप्तान पारसले सन्दीपसंग अभ्यास समेत गरेका थिए ।

यस्तै कप्तान पारसलाई मेलबर्नले मंगलबार हुने खेल हेर्न निमन्त्रणा समेत गरेका छन् । मेलबर्नले मंगलबार डर्बी क्लब मेलबर्न रेनागेड्ससंग खेल्दैछ । र, सन्दीपको टिम मेलबर्नले कप्तान पारसलाई आफ्नो प्लेयर बक्समै बसेर मंगलबार हुने खेल हेर्ने निम्तो दिएको एक्पर्ट्स एजुकेशनले जनाएको छ ।

एक्स्पर्ट क्रिकेट महोत्सव मेलबर्नमा सोमबार सम्पन्न भएको थियो । अब सिड्नी, ब्रिसबेन र एड्लेडमा हुनेछ । महोत्सव जनवरी ५ र ६ मा सिड्नी, १० जनवरीमा ब्रिसबेन र १२ जनवरीमा एड्लेडमा हुनेछ।
