काठमाडौं । नेपाल र घरेलु टोली युएईबीच हुने एकदिवसीय र टी- ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार नेपाल र युएईबीचको सिरिज माघको दोस्रो साताबाट सुरु हुनेछ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले माघ ११ देखि माघ २० सम्म युएईसंग खेल्नेछ ।
नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज हुनेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ । यसबिचमा नेपालले तीन अभ्यास खेल खेल्ने बताईएको छ । सिरिज दुबईमा हुनेछ ।
सिरिजका लागि नेपालले सोमबार प्रारम्भिक चरणमा २० सदसीय टोलीको घोषणा गरेको छ । अन्तिम टोलीको घोषणा भने केहि दिनको क्लोज क्याम्पपछि हुनेछ । सिरिजका लागि नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुनेछ ।