काठमाडौं । युएईसंगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपालले सोमबार प्रारम्भिक चरणमा २० सदसीय टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासम्मलित छनोट समितिले प्रारम्भिक टोलीको चयन गरेको हो ।
अन्तिम टोलीको घोषणा भने केहि दिनको क्लोज क्याम्पपछि हुनेछ । सिरिजका लागि नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुनेछ ।
नेपालले आगामी माघमा युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले माघ ११ देखि माघ २० सम्म युएईसंग खेल्नेछ । पहिले एकदिवसीय सिरिज हुनेछ । त्यसपछि टी-ट्वान्टी सिरिज हुनेछ । सिरिज दुबईमा हुनेछ ।
युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ - १ को बराबरी भएको थियो ।
नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिक्रम सोब
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
यानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी सन्दीप जोरा
सुशन भारी