पथरी । मोरङको लेटाङमा भएको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि समाला राइनोजले जितेको छ ।
नगरभित्रका ४ टीम सहभागी प्रतियोगिताको फाइनलमा किसे नाइट राइडर्सलाई ९ रनले पराजित गर्दै समालाले उपाधी सहित १५ हजार रुपैयाँ जितेको छ ।
प्रस्तावित बुद्ध रंंगशालामा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको समालाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनायो । समालाका लागि ध्रुव दाहालले २९, विमान मगरले १९, उत्तम ढकालले १२ रनको योगदान दिएका थिए ।
किसेका द्रोण मगर, सगुन लिम्बू र मिलन पाठकले समान १-१ विकेट लिएका थिए । समालाका ४ जना ब्याटर रन आउटको सिकार भएका थिए ।
समालाले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य सहित मैदान उत्रिएको किसे १९ ओभर २ बलमा १ सय २ रनमा अलआउट भयो ।
किसेका सगुन लिम्बुले १७ र विश्वास श्रेष्ठले १४ रन जोड्न बाहेक अन्यले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्। समालाका उत्तम ढकालले ३, रमेश चेम्जोङले २, विनम मगर, ध्रुव दाहाल र योगेश पौडेलले समान १-१ विकेट लिए ।
प्रतियोगिताको वेष्ट बलर किसेका मिलान पाठक, वेस्ट ब्याटर तथा प्लेयर अफ द टुर्नामेन्ट समालाका ध्रुव दाहाल घोषित भए ।
प्रतियोगितामा समाला राइनोज, चिसाङ वारियर्स, राजारानी किङ्स र किसे ना राइडर्स सहभागी रहेका थिए । लेटाङ क्रिकेट विकास समितिले आयोजना गरेको प्रतियोगिता उत्तरी मोरङमा सञ्चालन भएको पहिलो क्रिकेट प्रतियोगिता हो ।