काठमाडौं । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले नेपाली राष्ट्रिय टोलीका महिला तथा पुरुष क्रिकेट खेलाडीहरुलाई सम्मान गरेको छ ।
राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको एकेडमी केसिटिसीले शनिबार नेपालबाट यू-१६, यू-१९ तथा राष्ट्रिय टोलीबाट खेलिसकेका महिला र पुरुष खेलाडीहरुलाई सम्मान गरेको हो ।
केसिटिसीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा खेलाडीहरुलाई सम्मान गरेको हो । यस्तै केसिटिसीले एक कार्यक्रमको आयोजना गर्दै १० औं वार्षिकोत्सव मनाएको छ ।
तस्बीर : क्रिकेटीङनेपाल