एजेन्सी । अष्ट्रेलियाविरुद्व तेस्रो टेष्ट क्रिकेटमा भारतले ३ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । चौथो दिन ८ विकेटको क्षतिमा १ सय ६ रनमा इनिङ्स समाप्तिको घोषणा गरेको भारतले घरेलु टोली सामु विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
जवाफी ब्याटिङ थालेको अष्ट्रेलियाले ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ । आरोन फिन्च ३ र मार्कोस ह्यारिस १३ रन बनाई पवोलियन फर्किएका छन् ।
तेस्रो दिन १५ विकेट झरेको खेलमा अष्ट्रेलिया पहिलो पालीमा १ सय ५१ रनमा अलआउट भएको थियो ।
मेलबर्न क्रिकेट मैदानमा जस्प्रित बुम्रहाले ३३ रन खर्चेर ६ विकेट लिएपछि अष्ट्रेलिया पहिलो इनिङसमा सस्तैमा समेटिन पुग्यो ।
भारतले ४४३ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेपछि बिहिबार पहिलो इनिङ सुरु गरेको अष्ट्रेलिया शुक्रबार सस्तैमा समेटेको थियो ।
अष्ट्रेलियाका टिम पेइन र मार्कुस ह्यारिसले समान २२÷२२ रन जोडे । यस्तै उस्मान ख्वाजाले २१ रन बनाए भने टिम हेडले २० रन जोडे । भारतका लागि रविन्द्र जडेजाले थप २ विकेट लिएका थिए ।