काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटले किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा २१ बर्षबाट काम गर्दै आएका बलदेव मण्डललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।
ईपीएलले मंगलबार मण्डललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । ईपीएलले मण्डललाई अवार्ड सहित २५ हजार नगद समेत प्रदान गरेको छ ।

टियु क्रिकेट मैदानमा २१ बर्षबाट सदस्य रहेका मण्डललाई ईपीएलका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले अवार्ड प्रदान गरेका थिए ।
ईपीएलले नेपाली क्रिकेटमा मण्डलले निभाएको भूमिकाको सम्मान गर्दै अवार्ड दिएको जनाएको छ ।