काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्लब ललितपुर प्याट्रियट्सका खेलाडी सन्नी पटेल कारबाहीमा परेका छन् ।
राजधानीमा जारी ईपीएल टी-ट्वान्टी क्रिकेटको दौरान खेल भावना विपरित कार्य गरेको भन्दै ईपीएलले सन्नीलाई कारबाही गरेको हो । ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै सन्नीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आचारसंहिता तोडेको जनाएको छ ।
सन्नीले ईपीएल अन्तर्गत मंगलबार काठमाडौं किङस इलाभेनविरुद्धको खेलमा अम्पायरको निर्णयप्रति आपत्ति जनाएका थिए। उक्त खेलमा ललितपुर १ विकेटले विजयी हुँदै फाइनलमा पुगेको छ ।
कारबाही स्वरूप सन्नीलाई म्याच फिको ७५ प्रतिशत जरिवाना गरिएको छ । यस्तै उनको ३ अंक घटेको छ ।