काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीका दुई सदस्यसहित ३ खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।
यू-१९ टोलीका दुई सदस्य तृत राज दास, रित गौतम र भुपेन्द्र कुमार उप्रेतीले भारतको दिल्लीस्थित सेहवाग क्रिकेट एकेडमीमा प्रशिक्षण गर्ने भएका हुन् । उक्त एकेडमी भारतीय लिजेण्ड विरेन्द्र सेहवागद्वारा स्थापित क्रिकेट एकेडमी हो ।
ब्याट्सम्यान रित यू-१६ टोलीका पुर्व कप्तान समेत हुन् । यस्तै तृत यू-१९ टोलीका ओपनर ब्याट्सम्यान हुन् । भुपेन्द्र भने नयाँ अनुहार हुन् ।

तीनै खेलाडीले एक महिनाको लागि प्रशिक्षणको मौका पाएका हुन् । त्यहाँ तीन खेलाडीले भारतीय क्रिकेटको दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण गर्ने मौका पाउनेछन् ।
तीनै खेलाडीले सुशिल कोइराला मेमोरियल फाउन्डेसनको समन्यवमा एकेडमीको छात्रवृत्ति पाएका हुन् । फाउन्डेसनले उनीहरुलाई एसकेएमएफ क्रिकेट छात्रवृत्ति प्रदान गरेको हो ।
तीनै खेलाडी बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।