काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर कायल जेमिन्सनले चोटका कारण घाइते भएपछि यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।
जेमिन्सन १६ औं संस्करणको आईपीएलमा चेन्नाई सुपर किंग्समा आबद्ध रहेका थिए ।
पूर्व च्याम्पियन टोलीले उनको स्थानमा दक्षिण अफ्रिकाका सिसान्डा मंगलालाई मौका दिएको छ । मंगला पहिलो पटक आईपीएलमा आबद्ध भएका हुन् ।
२०२३ को आईपीएलका लागि भएको अक्सनमा मंगलालाई कुनै टिमले खरिद गरेको थिएन । मंगलाले अक्सनमा आफ्नो आधार मुल्य ५० लाख भारु मूल्य राखेका थिए ।
मंगलाले १ सय २९ टी-ट्वान्टी खेलमा १ सय ३९ विकेट लिएका छन् । उनको राम्रो प्रदर्शनमा पहिलो संस्करणको एसए टी-ट्वान्टीमा सनराईजर्स ईस्टर्न केप च्याम्पियन बनेको थियो ।
यस संस्करणको आईपीएल शुक्रबारदेखि भारतमा सुरु हुदैछ । चेन्नाईले उद्घाटन खेलमा गुजरात टाईटन्ससँग खेल्दै यस संस्करणको आईपीएल सुरुआत गर्नेछ ।