काठमाडौं । पाहुना टोली इंग्ल्याण्डले दक्षिण अफ्रिका सामु ३ सय ४७ रनको लक्ष्य दिएको छ ।
डाईमोण्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४६ रन बनायो ।
पाहुना टोलीका लागि जोस बटलर र डाबिड मलानले शतकीय ईनिङ खेले ।
कप्तान बटलरले १ सय २७ बलमा ६ चौका र ७ छक्काको सहयोगमा १ सय ३१ रन बनाए । मलानले १ सय १४ बलमा ७ चौका र ६ छक्काको सहयोगमा १ सय १८ रन बनाए ।
बटलर र मलानले चौथो विकेटका लागि २ सय ३२ रनको दोहोरो शतकको साझेदारी गरे ।
मोईन अलिले २३ बलमा ४१ रनमा आउट हुँदा आदिल रशिद र साम करनले समान ११/११ रन बनाए ।
घरेलु टोलीका लागि लुङ्गी एङ्गेडीले ४ तथा मार्को यान्सनले २ विकेट लिए । सिसान्डा मङ्गलाको नाममा १ विकेट लिए ।
तीन खेलको एकदिवसीय सिरिज घरेलु टोलीले २-० ले जितिसकेको छ ।