काठमाडौं । घरेलु टोली भारतले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्डबाट १ सय रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।
पाहुना टोलीका लागि कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाउँदा मार्क च्याम्पम्यान र माईकल ब्राकवेलले समान १४/१४ रन बनाए ।
डेभोन कन्वे र फिना एलेन समान ११/११ रनमा आउट भए ।
घरेलु टोलीका लागि अर्शदिप सिंहले २ तथा हार्दिक पाण्ड्या,दिपक होडा,युजभेन्द्र चहल वासिङ्टन सुन्दर र कुलदिप यादवले समान १/१ विकेट लिए ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा भ्रमणकारी टोली १-० ले अगाडी रहेको छ । भारत यो खेल जितेर सिरिजमा कायम रहिरहन चाहान्छ ।