• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, जेठ २५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
सबैको मन लोभ्याउने 'पीपीएल'
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १३, २०७५ खेलपाटी संवाददाता
सबैको मन लोभ्याउने 'पीपीएल'

पोखरा । शरद ऋतु, गर्मीको समाप्ति र चिसो मौषमको सुरुवात । 

बिहान हल्का ओसिलो, दिउँसो घमाइलो । खुल्ला आकाश, आँखै अगाडी चम्किलो माछापुच्छ्रे, दायाँ बायाँ अन्नपूर्ण ।

kamana bank
clasic tec

बिहानीको मिर्मिरेसंगै सुर्यास्तसम्म माछापुच्छ्रे र अन्नपूर्णको अनेकौ रुप । काखमा सोभा बढाउने फेवाताल । फेवातालको किनारा नजिकै पोखरा क्रिकेट रंगशाला । 

त्यहिँ मैदानमा 'ब्याटिङ र बलिङ' । समर्थनको हुटिङ । क्रिकेट खेलको प्रतिस्पर्धा ।

यो कुनै एनिमेसन (काल्पनिक) खेलको पृष्टभूमि हैन । यो पोखरामा जारी पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको वास्तविकता हो ।

यहिँ वास्तविकतामा ६ क्रिकेट टिम प्रतिस्पर्धामा रमाईरहेका छन् । प्रकृतिको सुन्दर अनुपममा खेलाडीले ब्याट र बल उठाईरहेका छन् । काल्पनिक मैदानमा खेलेजसरी ।

यस अवसर क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जुराईदिएको हो । पीपीएल आयोजनाका लागि क्विन्सले लामो प्रयत्नपछि सुन्दर मैदानलाई खेल्न योग्य बनाएको हो । सबैको मन लोभ्याउने बनाएको हो ।

Image may contain: one or more people, people standing, outdoor and nature

तस्विर : सुदर्शन रञ्‍जित

पीपीएलकै कारण खेलाडीले सुन्दर मैदानमा खेल्ने अवसर पाएका छन् । क्रिकेट समर्थकले सुन्दर मैदानमा क्रिकेटको मज्जा लुटिरहेका छन् । पीपीएलले देशी विदेशी खेलाडी र समर्थकको मन लोभ्याएको छ ।

पीपीएलको लोभ्याईमा पर्नेमा युएईका कप्तान रोहन मुस्ताफा पनि एक हुन् । पीपीएल टिम बुटवल ब्लासटर्सबाट खेलिरहेका मुस्तफा भन्छन्, 'यो निकै ठूलो प्रतियोगिताको हो र यहाँको मैदान निकै सुन्दर छ । विशेषगरी यहाँ भव्य दर्शकको सहभागिता छ । पोखरामा आएर खेल्न पाउनु ठुलो कुरा हो ।'

पीपीएल र मैदानको सुन्दरताले लट्ठिएका मुस्ताफालाई यस ठाउमा अन्तर्राष्ट्रिय खेल खेल्न मन समेत छ । मौका पाउनेमा उनी आशावादी पनि छन् । 'यो उत्कृष्ट मैदान हो । यहाँ खेल्ने मौका पाए हामी आउनेछौं,' मुस्तफाले भने ।

पीपीएल अन्तर्गत पहिलो चरणको सकिएको छ । पहिलो चरण खेल सकिदा बुटवल ब्लासटर्स शीर्ष स्थानमा र पोखरा पल्टन दोस्रो स्थानमा छ । हुलास काठमाडौं रोयल्स तेस्रो र एक्स्पर्ट धनगढी ब्लुज चौथो स्थानमा रहदा विराटनगर टाईटन्स पाँचौ र चितवन राइनोज पुछारमा छ ।

पहिलो चरणको खेल सकिदा धनगढीका पिटर ट्रेग्रो पीपीएल र मैदानको सुन्दरताबाट प्रभावित छन् । 

'नेपालमा उत्कृष्ट अनुभव रह्यो । यहाँ हिमालहरुको अगाढी क्रिकेट खेल्दा निकै रमाइलो लागेको छ,' पहिलो श्रेणीको क्रिकेट खेलिसकेका ट्रेग्रो भन्छन्,'मेरो लागि यो सुन्दर मौका हो ।'

पहिलो संस्करणको पीपीएल आयोजनाबाट आयोजकहरु समेत निकै सन्तुष्ट छन् । खेलाडी र समर्थकहरुबाट सकारात्मक प्रतिक्रियाले आयोजकको मनोबल उच्च बनाएको छ । 

'यस्तो प्राकृतिक र सुन्दर मैदानमा खेल्ने मौका पहिले नपाएको खेलाडीको भनाई छ,' आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, 'खेलाडी र समर्थक सबैबाट धेरै राम्रो प्रतिक्रियाहरु आएको छ ।'

Image may contain: sky, outdoor and nature

तस्विर : सुदर्शन रञ्‍जित

आयोजकले यस क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि वैकल्पिक मैदानको रुपमा स्थापित गराउने योजना नै बनाएको छ ।

'यस मैदानलाई पीपीएलका लागि मात्र हैन । नेपालमा क्रिकेट मैदानको अभाव खड्किरहेको अवस्थामा यस मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाउन मिल्ने बनाउने तयारी छ,' प्रबन्ध निर्देशक लामाले भने ।

Image may contain: one or more people, people playing sports and outdoor

तस्विर : सुदर्शन रञ्‍जित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस मैदानलाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा विकास गर्ने योजना बनाएको बताएका छन्  । मन्त्री गुरुङले यस मैदानमा भारत र पकिस्तानबीचको खेल हेर्ने चाहना भएको बताए ।

प्रतियोगिताको उद्घाटन दौरान मन्त्री गुरुङले भने, 'गण्डकी प्रदेशमा पनि क्रिकेटको संभवाना छ । हामी यस मैदानमा भारत र पकिस्तानबीचको खेल खेलाउन योग्य मैदान बनाउन जोड दिनेछौ । त्यसका लागि हामीले गृहकार्य थालिसकेका छौं ।'

यहिँबीचमा आईसिसी विश्वकप ट्रफी पोखरामा प्रदर्शनी गरियो । विश्व टुर अन्तर्गत चारदिने नेपाल भ्रमणको क्रममा माछापुच्छ्रे र अन्नपूर्णको आगनीमा विश्वकप ट्रफी आउनु आफैमा ठुलो उपलब्धि हो ।

प्रतियोगिता दौरान राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बलर सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेसंगै पीपीएलको सोभा थप उच्च बनेको थियो ।

Image may contain: mountain, sky, cloud, outdoor and nature

 

 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालले भारत पाकिस्तानसँग खेल्ने
नेपालले भारत पाकिस्तानसँग खेल्ने
नेपाल र स्कटल्यान्ड खेल्दै
नेपाल र स्कटल्यान्ड खेल्दै
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
बार्सिलोना फर्कन चाहन्थे तर ...
बार्सिलोना फर्कन चाहन्थे तर ...
चीनको सामना गर्दै नेपाल
चीनको सामना गर्दै नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP