एजेन्सी । बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान मासरफी मोर्टजाको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ ।
कोरोना पोजेटिभ देखिएको १५ दिनपछि परिक्षण गराउदा मोर्टजाको रिपोर्ट पोजेटिभ नै आएको हो ।
कोरोना देखिएपछि उनी १४ दिनको आईसोलेसनमा बसेका थिए ।
उनलाई गत जुन २० मा कोरोनाको संक्रमण देखिएको थियो।
दोस्रो पटक समेत कोरोना देखिएपछि उनी थप १४ दिन आईसोलेसनमा रहने छन् ।
सन् २०१९ को विश्वकपमा बंगलादेशको कप्तान रहेका मोर्टजाले ३७ टेष्ट खेलेका छन् ।
३६ वर्षीय मोर्टजाले २ सय २० एकदिवसीय र ५४ टी-ट्वान्टी खेलेका छन् ।
उनी कोरोना देखिने बंगलादेशका तेस्रो क्रिकेटर हुन् ।