काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्स र ब्राम्पटन वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सिएए क्रिकेट मैदानमा टोरन्टोले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । वुल्भ्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
वुल्भ्सविरुद्ध टोरन्टोले सन्दीपलाई प्लेईङ सेटमा राखेको छ । यस सिजन सन्दीप खेल हो ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । सन्दीपको टिम टोरन्टो ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । टोरन्टो दोस्रो जितको खोजीमा रहेको छ ।
वुल्भ्स अपराजित रहेको छ । शीर्ष स्थानमा रहेको वुल्भ्सको ६ अंक रहेको छ ।