• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
सन्दीप र चिरञ्जीवी फाइनलमा
खेलपाटी संवाददाता
सोमबार, चैत २१, २०७८ खेलपाटी संवाददाता
सन्दीप र चिरञ्जीवी फाइनलमा

काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् ।

सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे । यसैगरी चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे ।

पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्ट र कञ्चनपुरका रामबहादुर थापाले उपाधि भिडन्त पक्का गरे । रञ्जनले बाजुराका निर्मल सुवेदी र रामबहादुरले कैलालीका पाण्डव बडुलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषकै ६३ केजी तौल समूहमा बाजुराका नेत्रकुमार तिरुवाले अछामका जगदिश विक र कञ्चनपुरका महेन्द्रकुमार चन्दले कैलालीका कैलाश बोगटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषको ६९ केजीमा कैलालीका भरत चन्दले तपेन्द्र विकलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । यस्तै ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसी र कैलालीका बालाजी रावल फाइनलमा पुगे । भूपेन्द्रले कञ्चनपुरका मिलन लोहार र बालाजीले बाजुराका प्रकाश विकलाई पाखा लगाए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टी र कैलालीकी ज्योति चौधरीले उपाधि भिडन्त पकका गरे । सोनियाले अछामकी रमिला सिंह र ज्योतिले बाजुराकी सुमित्रा रावललाई पराजित गरिन् । महिलाकै ५७ केजी तौल समूहमा कञ्चनपुरकी प्रतिमा शाहीले बाजुराकी प्रमिला विष्ट र कैलालीकी सञ्जिता चौधरीले अछामकी हरिना कार्कीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा दाङका सुरज ओलीले सेमिफाइनलमा स्थान बनाए । उनले प्यूठानका लक्ष्मण बुढामगरलाई पराजित गरे । पुरुषकै ५७ केजीमा दाङका भरत पुनमगर र रोल्पाका निशम घर्तीमगरले सेमिफाइनलमा स्थान बनाए । भरतले पूर्वी रुकुमका तिलवीर पुनमगर र निशमले प्यूठानका कुशल विकलाई पराजित गरे । पुरुष ६९ केजीमा दाङका विकास रानामगरले रुपन्देहीका सागर शाहीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

तीन दिने प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको सुदूरपश्चिम प्रदेशका प्रतियोगिता संयोजक दिनेश सिंहले जानकारी दिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP