एजेन्सी । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) फाइटर जस्टिन गाइथ अमेरिकाको नयाँ अन्तरिम लाइटवेट च्याम्पियन बनेका छन् ।
ज्याकसनभिल्ला एरिनामा आइतबार भएको फाइटमा टोनी फर्गुसनलाई पराजित गर्दै जस्टिन च्याम्पियन बनेका हुन् ।
कोरोना भाईरसको कारण दर्शक बिना भएको प्रतिस्पर्धामा जस्टिनले आफ्ना ठुला प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट खेलेका थिए ।
यस अघि दुई खेलाडीबीचको भिडन्त अप्रिल १८ मा तय भएको थियो । तर, कोरोनाको महामारीको कारण स्थगित गरिएको थियो ।
३१ वर्षे जस्टिनको यो करियरकै सर्वाधिक ठुलो प्रतिस्पर्धा हो ।
अब जस्टिनले यूएफसी लाइटवेट च्याम्पियनका लागि रसियन फाइटर खबिब नुरमागोमेडोभसँग खेल्ने छन् ।