• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
'ए' डिभिजन लिग
  • गृहपृष्ठ
  • 'ए' डिभिजन लिग
'नयाँ इतिहास बनाउन चाहन्छ जावलाखेल'
निशान राई
मंगलबार, वैशाख ५, २०८० निशान राई
'नयाँ इतिहास बनाउन चाहन्छ जावलाखेल'

काठमाडौं । ललितपुरे क्लब जावलाखेल युथ क्लबको इतिहास लामो छ । जावलाखेलले करिब ९० वर्षको फुटबल इतिहास बोकेको छ ।

नेपाली फुटबलको शीर्ष डिभिजन लिग सहिद स्मारक 'ए' डिभिजन लिग जावलाखेलले खेल्दै आएको छ । जावलाखेलले २०५७ सालबाट लगातार 'ए' डिभिजन लिग खेल्दै आएको छ ।

लामो इतिहास बोकेको नेपाली क्लबमा जावलाखेल समेत पर्छ । तर, जावलाखेलले शीर्ष डिभिजनको लिग जित्न सकेको छैन ।

'ए' डिभिजन लिगमा जावलाखेलको उत्कृष्ट नतिजा शीर्ष तीनमा रहनु हो । जावलाखेलले २०६८ सालको लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

यस पटक जावलाखेल लिगको उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छ । जसका लागि क्लब पदाधिकारी, खेलाडी र प्रशिक्षक लागिपरेका छन् ।

'शीर्षमा रहने भन्ने उदेश्य लिएर टिम बनाएका छौँ । पुराना विदेशी खेलाडी नराखेर बाहिरबाट ल्यायौं । फोडे फोफाना मात्र पुराना विदेशी खेलाडी छन् । उ जावलाखेलका पुराना खेलाडी पनि हुन् । नेपालका सबै जुनियर खेलाडीलाई मौका दिएको छु । युवा खेलाडीलाई विश्वास दिलाएको छु । मोटिभेट गरेको छु । आजसम्म सफल समेत भईरहेको छौँ,' जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन्, 'कोशिश गर्दै छौँ । हेरौं पहिलो चरणसम्म के हुन्छ । कुन किसिमको नतिजा आउछ भन्ने अबको चार खेलले तय हुन्छ ।'

यद्दपी, जवालाखेलले मोफसलको धेरै नकआउट प्रतियोगिता जितिसकेको छ । सिन्धु गोल्डकप, तिलोत्तमा गोल्डकप, बागमती गोल्डकप लगायतका प्रतियोगिता जावलाखेलले जितेको छ ।

यस सिजनको 'ए' डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा जारी छ । लिगको नवौं चरण सकिदा जावलाखेल शीर्ष स्थानमा रहेको छ ।

जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । जसमा ५ जित, दुई हार र दुई बराबरीको नतिजा जावलाखेलले निकालेको छ ।

जारी लिगको नतिजाले क्लबका पदाधिकारी मात्र हैन प्रशिक्षक र खेलाडी समेत खुशी छन् । जावलाखेलको लक्ष्य फेरिएको छ । सुरुआतमा जावलाखेल शीर्ष पाँचमा रहन चाहन्थ्यो । अब शीर्षमै रहेर लिग सक्न चाहन्छ ।

'टिमको 'सेप' राम्रो छ । तीन महिनाबाट एकै ठाउमा ट्रेनिङ गरिरहेका थियौं ।  त्यसमा सबैले मेहेनत गरेका छन् । रिजल्ट राम्रै आइरहेको छ,' कप्तान सिमान्त थापा टोलीको लक्ष्यबारे भन्छन्, 'टिमको लक्ष्य शीर्ष ५-६ भित्र पर्ने थियो । अहिले शीर्ष स्थानमा छौँ र शीर्षमै रहनुपर्छ भन्नेछ ।'

पछिल्लो तीन वर्षबाट सिमान्त जावलाखेलमा आबद्द छन् । झापा घर भएका डिफेन्डरले पहिलो पटक लिगमा कप्तानी सम्हालिरहेका छन् । उनको कप्तानीमा जावलाखेलले सफल उडान भरिरहेको छ ।

'कप्तानीको रुपमा निकै राम्रो भईरहेको छ । ९ चरणसम्म शीर्ष स्थानमा छौँ । राम्रो लागिरहेको छ । राम्रो अनुभव भईरहेको छ । हल्का गार्हो भईरहेको छ । कप्तानको रुपमा खेल्दा अलिकति दबाब भने हुन्छ,' सिमान्तले भने ।

सिमान्त आफ्नो कप्तानी भन्दा पनि टिमको मेहेनतले राम्रो नतिजा निस्किएको बताउछन् ।

'सबै खेलाडी जुनियर छन् । केहि खेलाडी मात्र सिनियर छन् । सबैले एउटा टिमको रुपमा मेहेनत गरेर खेलिरहेका छन् । त्यसैले नतिजा राम्रो निस्किरहेको छ,' सिमान्तले थपे ।

जावलाखेलको यो सफल उडानमा मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेतृत्व गरिरहेका छन् । तर, यस उपलब्धिको कारण खेलाडीको मेहेनतनै रहेको मुख्य प्रशिक्षक श्रेष्ठको भनाई छ ।   

'जावलाखेल लिगको शीर्षमा नआएको धेरै भईसकेको छ । यसपटक सबैले 'सरप्राइज' भनेका छन् । तर, यसको श्रेय खेलाडीलाई दिन्छु । खेलाडीले गरेको मेहेनतको फल हो यो । खेलाडीले जुन मेहेनत गरेको त्यसको फल हो यो,' प्रशिक्षक श्रेष्ठले भने ।

अहिलेको नतिजालाई कायम राख्न सके आफ्नो टोली लिग इतिहासमै सफल हुने मुख्य प्रशिक्षक श्रेष्ठ बताउछन् ।

'सबै टिमको लक्ष्य पोजिसनकै लागि हो । रेलिगेसनका लागि खेल्दैन । हामी ९ चरणसम्म सफल भएका छौँ । यसपछि पनि सफल भयौं भने हामी लिगमै सफल हुन्छौं ।  केटाहरुको टिम वर्कले गर्दा मलाई धेरै सजिलो भएको छ,' उनले भने ।

लिगका लागि टिम बनाउदा आफुले युवा र मेहेनती खेलाडीमा सामेल गराएको र आफु युवा खेलाडीबाट सफल भईरहेको प्रशिक्षक श्रेष्ठ बताउछन् ।

'टिमको सेपमा ध्यान दिएको छ । डिफेन्ड र अट्याकिङमा ध्यान दिएको छु । गोल नखाने रणनीति अपनाएको छु । तर, हाम्रो टिममा गोल खाएपनि कम्ब्याक हुने क्षमता छ । मछिन्द्रसँगको पहिलो खेलमा हामीले प्रमाणित गरिसकेका छौँ । फिनिसिङ सुधारेका छौँ,' मुख्य प्रशिक्षक श्रेष्ठले थपे, 'युवा खेलाडीहरु छन् । कहिलेकाही उनीहरु चुक्छन् । तर, मेहेनती खेलाडीलाई मौका दिईरहेका छौँ । स्टार भन्दा पनि रणनीति फलो गर्न सक्ने खेलाडीलाई ट्राइ गरिरहेका छौँ । त्यसमा हामी सफल भएका छौँ ।'

तर, पहिलो चरण नै नसकिएको कारण आफ्ना खेलाडी धेरै आत्मविश्वासी देखिएर खेल बिग्रनेमा उनलाई डर लागेको छ ।

'डबल राउण्ड हो लिग । पहिलो राउण्डकै ४ खेल खेल्न बाँकी छ । अहिले नै हामी शीर्षमा छौ भनेर धेरै आत्मविश्वासी देखिएमा हामी तल झर्न पनि सक्छौं । त्यसैले खेलाडीलाई आत्मविश्वासी बनाउने हो तर, धेरै आत्मविश्वासी नबनाउन सोच्दैछु,' श्रेष्ठले भने ।

जावलाखेल सम्हाल्न पाएकोमा श्रेष्ठलाई पनि गौरव लागेको छ ।

'जावलाखेल मेरो आफ्नो क्लब हो । जावलाखेलबाट मैले खेलेको छु । जावलाखेलको टोली हेर्न पाउदा मलाई गर्व लाग्छ । मलाई जुन विश्वास दियो क्लबले । त्यसको आधारमा मैले मेहेनत गरेको छु । मेहेनतको फल पाएको छु जस्तो लाग्छ,' अन्त्यमा उनले थपे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'ए' डिभिजन लिगका सर्वाधिक गोलकर्ता
'ए' डिभिजन लिगका सर्वाधिक गोलकर्ता
'ए' लिग सकियो, कुन क्लबले कति पुरस्कार पाए ?
'ए' लिग सकियो, कुन क्लबले कति पुरस्कार पाए ?
अनन्त मोस्ट भ्यालुएबल प्लेयर घोषित
अनन्त मोस्ट भ्यालुएबल प्लेयर घोषित
थ्री स्टार जोगियो, एपीएफ रेलिगेसनमा
थ्री स्टार जोगियो, एपीएफ रेलिगेसनमा
संकटा र एनआरटीको बराबरी
संकटा र एनआरटीको बराबरी
मछिन्द्रले मनाङलाई हरायो
मछिन्द्रले मनाङलाई हरायो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP